सहकारी संस्थाले थप जन विश्वास जित्न सक्नुपर्नेमा सांसद गोसाईको जोड
भक्तपुर, पुस २५ गते
सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज२६ औं स्थापना दिवस मनाएको छ । सिमित सदस्यहरुको सहभागितामा सामाजिक सञ्जाल र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै सिद्धि गणेश साकोसले आज प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा आयोजना गरेको हो । सो अवसरमा सांसद गोसाईले अरुले नमूना भन्दैमा, ठूलो संस्था भन्दैमा मख पर्ने बेला नभएको उल्लेख गर्दै समस्या र चुनौती जतिखेर पनि आउन सक्ने भएकाले थप जिम्मेबार र परिपक्व भएर अझ थप जनविश्वास जित्नका लागि लाग्ने बेला भएको बताउनु भयो ।

संस्थाका अध्यक्ष राजन लाखाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐनकानुन कार्यान्वयन र यसका अब्यवहारिक विषयहरुमा विचार व्यक्त गर्नु भयो ।











