छ लेन सडकको बिजोगः ढलले बगाएर चालक बेपत्ता

भक्तपुर, जेष्ठ २८ गते
अरनिको राजमार्गस्थित चुनदेवीस्थानको सर्भिस ट्याकको ढलमा केहीले साइकल खस्थ्यो, कहिले मोटरसाइलक, आज भने मान्छे खसेर ब्यपता भएको छ । बेपत्ता पर्नेमा ना ६ ख १६१६ नम्वरको मालबाहक सवारी चालक नरवहादर राउट रहेका छन् । आज दिउँसो परेको भीषण वर्षाले जम्मेको पानी भएर गाडी पास होला नहोला भनि हेर्न पुगेका राउट पानीको भेलले बगार बेपत्ता भएको प्रहरीले जनाएको छ । सूर्यविनायक कोटेश्वर छ लेन सडक विस्तारसँगै बनेका सर्भिस ट्याकसँगैको ढल ब्यवस्थापन अधुरै छोड्दा आज ढलबाट बगाएर राउट बेपता भएकाले उनको खोजि कार्य थालेको स्थानीय वडाध्यक्ष श्याम खत्रीले जनाएको छ । आजमात्रै सो स्थानको स्थलगत अनुगमण गर्दै ढल र खोलाको सुधारका योजना बनाउने सम्बन्धमा स्थानीयसँग छलफल गरेको बताउँदै उहाँले बेपत्ता व्यक्तिको खोजि कार्य भइरहेको बताउनु भयो । प्रत्यक्षदर्शी बैकुण्ठ सुवालका अनुसार ढलमा खस्ने बितिकै हात हलाइ रहेको थियो तान्न सकिएन, बगाएर लगेपछि नजिकैको मेनहोल खोलेर तान्न खोज्यौं, त्यहाँ उनलाई देख्दै देखेनौं अनि अरु मेनहोलमा हेर्न थाल्यौं, खोलासम्म खोज्न थाल्दा पनि भेटाउन सकिएन । सायद् खोलाले बगाएर लग्यो होला उनले भने सूर्यविनायक देखिको पानी बगेर आउँदा बाटो नदेखिने गरी पानी जम्थ्यो कहिले साइकल त कहिले मोटरसाईकल खस्थ्यो अहिले मान्छे खसेर बेपत्ता भयो । ढलका कारण भएको दुर्घटना बारे टफिक प्रहरीलाई जानकारी दियौं तर अहिलेसम्म कैसेले ध्यान दिएन । ४ वर्ष अगाडी वडाकार्यालयलाई पनि भनेका थियौं, ढकनि मात्र राखेको भए पनि आज यस्तो हुने थिएन कसैले तेरेन उनले गुनासो गर्नु भयो ।

चालक राउतले भक्तपुरको सल्लाघारीमा ख्वप हार्डवेयर पसलमा सिमेन्ट झारी सर्भिस ट्रयाकबाट जाने क्रममा सडक र नालीबाट बगेको पानी सर्भिस ट्रयाकको किनाराबाट भुमिगत ढलमा बगिरहेको देखी आफुले चलाएको ट्रक लाँदा उक्त ढलमा फस्छ कि फस्दैन भनी ट्रकबाट झरी चेकजाँच गर्दा ढलमा खस्न गई बेपत्ता भएको सोही ट्रकका सह चालक रुपेश सुनारले  प्रहरीलाई बताएको छ ।
आज दिउँसो ३ बजे परेको भीषण वर्षा र बाढीले बगाएका ५७ वर्षिय राउट सिन्धुपाल्चोक स्थायी घर भइ हाल हेटौडा निवासी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनको खोज तलास कार्यकालागि उपत्यकाको प्रहरी परिचालन गरेको भक्तपुर प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले जनाएको छ ।
पानी जम्मेको बाटो भएर गाडी लान आधा घण्टा पर्खेर पनि पानी कम नभएपछि गाडी पास हुन्छकि हुँदैन भनि चालक आफै ढलको छेउमा पुग्दा उनलाई बगाएको किरणप्रसाद जोशीले बताए । अर्को स्थानीयवासी विनोज जोशीले सो स्थानमा पहिले देखि पानी पर्ने बेला भेल आउने गरेको स्मरण गर्दै ढल सिधै खोलासम्म जाने भएकाले खोलाबाट बगाएको हुन सक्ने जोेशीले बताएका छन् । खोलाबाट बगाएको हुन सक्ने भन्दै प्रहरीले काठमाण्डौ र ललितपुरका प्रहरी समेत परिचालन गरेको बताएको छ । अरनिको राजमार्गसँगै बनाएका सर्भिस ट्याकहरुमा आवश्यक सुरक्षा र ढकनीसमेत नराख्दा धेरै स्थानमा जोखिम यथावत राखिएको छ । सडक पिच गर्यो, ढलको लागि पाइन बिछायो तर आबश्यक सुरक्षा अपनाएन ढकनी राखिएन, चालक रावट बेवक्ता भयो । अरनिको राजमार्ग हेर्न निकायको बेवास्थाले आज राउट बेपक्ता भयो ढललाई यस्तै खुल्ला राख्ने हो भने अझ कयौं राउटहरु बेपक्ता हुनेमा दुबिधा छैन ।