कोरना पोजेटिभलाई ७ दिनमै नेगेटिभ गर्न सकिने : डा.किसी

भक्तपुर, जेष्ठ ११ गते

कोरना पोजेटिभलाई ५ देखि ७ दिनमै नेगेटिभ गर्न सकिने भन्दै उपचार गर्ने सरकारको अनुमति र अवसरको प्रतिक्षामा रहेको होमियाप्याथिक चिकित्सकले बताएका छन् । कोरना भाइरसको जोखिम बढेका क्षेत्रमा निःशुल्क प्रतिरोधात्मक औषधी वितरण गर्दै आएको होमियोप्याथिक चिकित्सहरुले विदेशमा गरेको कोरनाको उपचार पद्धतिलाई यहाँ पनि सफलतापूर्वक कार्यान्वयन गर्न सकिने बताएको हो । विगत २५ वर्ष देखि होमियोप्थीक उपचारमा रहनु भएका डाक्टर बलराम किसीले हाल दैनिक डेर लाख देखि दुई लाखसम्मलाई पुग्ने गरी ‘आर्सेनिकम एल्बम ३० सि’ औषधी निःशुल्क वितरण गर्दै आएको भन्दै कोरनाका विरामीको केस अनुसार निःशुल्क उपचार गर्न पनि तयार रहेको बताउनु भयो । ‘हामीसँग चिकित्सक छ, औषधी छ, तर विरामीलाई उपचार गर्न सरकारले ठाउँ दिएको छैन’ डाक्टर किसिले बताउनु भयो । देशभर ६ सय संक्रमित पुष्टि गरे पनि एक जनामा पनि परिक्षण गराउने अवसर सरकारले नदिएको भन्दै होमियोप्याथिक पद्धतिलाई सरकारले जन्माएर बेवारिसे अवस्थामा राखेको बताउनु भयो । स्वास्थ्य मन्त्रालयले होमियोप्याथीक उपचार पद्धतिका ११ प्रकारका औषधीहरुलाई कोरना रोकथाम र उपचारकालागि प्रयोग गर्न सकिने भनि निर्देशिका जारी गरेर पनि यसको विश्वसनियतालाई आत्म साथ नगरेकोमा डाक्टर किसीले असन्तुस्ती पोखेका हुन् ।


हामी विरामीलाई भेट्दैनौं, अनलाइनबाटै संक्रमितको केस स्टडी गछौं, त्यस अनुसार औषधी सेवन गराउँछौं र ५ देखि ७ दिनभित्रमा कोरना पोजेटिभलाई नेगेटिभ बनाइ दिन्छौं डाक्टर किसीले दाबीका साथ भन्नु भयो । त्यसो भए उपचारमा किन खत्नु भएन त ? भन्ने प्रश्नमा उहाँले तीन करोड नेपालीलाई पुग्ने गरी निःशुल्क औषधी खुवाउन जुति रहेका छौं, हामी किन खतिरेका छैनौं र? प्रतिप्रश्न गर्दै उहाँले भन्नु भयोे, मात्र सरकारले विरामीको उपचार गर्ने वातावरण दिएको छैन । हामी सफलतापूर्वक उपचार गर्न सक्षम छौं ।
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ स्वास्थ्य अधिकृत कृष्ण मिजारले उपचारको लागि संक्रमित पनि मान्नु पर्यो, सरकारले अनुमति पनि दिनु पर्यो, सरकारले जारी गरेको निर्देशिका अनुसार अनुमति पाउनको लागि सिफारिस चाहि गर्न सक्छौं । डाक्टर किसीका अनुसार होमियोप्याथीक उपचार पद्धतिबाट उपचार गर्न सरकारी अस्पतालमा जानु भएन, सरकारले नै उपचार गर्न अनुमति जारी गर्नुपर्यो, हामी निःशुल्क उपचार गर्न तयार छौं । एलोपेतिक उपचारसँगसँगै पनि होमियोप्याथिक उपचार गर्न सकिने भन्दै डाक्टर किसीले होमियोप्याथिक औषधीले साइड इफेक्ट नगर्ने भएकाले स्वास्थ्य मन्त्रालयले अपनाइरहेको उपचार पद्धतिलाई थप प्रभावकारी बनाउनकालागि पनि होमियोप्याथिक औषधी प्रयोग गर्न सकिने छ । तर सरकारले समन्वय समेत नगर्दा यसक्षेत्रमा क्रियाशिस संघसंस्था र स्वास्थ्यकर्मीहरुले आफ्नो औषधी उत्पादनलाई सिमि त गर्न बाध्य तुुल्याएको छ । उहाँले बताउनु भयो यद्यपी माग भएका क्षेत्रमा पर्याप्त औषधी निःशुल्क वितरण गर्दै आएको डाक्टर किसी बताउँछन् ।