भक्तपुरमा कसरी छिर्यो कोरना ?

काठमाडौं, वैशाख ३१ गते ।
तराईबाट भक्तपुर आएका २ जना, काठमाण्डौका १ जना  गरी  देशभर एकै दिन ८३ जनामा कोरना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार भन्दा बढी मानिसहरु काठमाण्डौ छिर्न थालेपछि काठमाण्डौ र भक्तपुरमा पनि कोरना भाइरस संक्रमित देखिन थालेको हो । सुनसरीबाट भक्तपुर आएकी २५ वर्षीय एक महिलाका कारण भक्तपुरमा कोरना संक्रमण भित्रिएको देखिएको छ । उनी तीन दिन आगाडि सुनसरीको झुम्काबाट भक्तपुर फर्केकी थिइन्  । अर्का २७ वर्षीय पुरुषको यात्रा विवरणको अनुसन्धान कार्य भइ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानेको छ । संक्रमित महिला शंखधर चोक बस्ने नर्स भएको र पुरुष चाही दुवकोट बस्ने सुरक्षा निकाए नजिक भएको अनुमान गरेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो कोरना परीक्षणले काठमाडौंकी एक महिला, भक्तपुरका एक महिला एक पुरुष सहित देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने यो संगै मंगलबार मात्र देशभर एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलवार दिउँसोसम्म ५७ जनामा संक्रमण पुष्टि गरेको थियो भने साँझ फेरी २६ जनामा संक्रमण पुष्टि गरेको थियोे । यो सँगै नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो पटक सिमाबर्ती क्षेत्रबाट नेपाल फर्किएकाहरुमा कोरना भाइरस संक्रमण बढी देखिएपछि सिमानाकामा कडाइ गरी देशभित्र एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हिड्डुल गर्न नपाउने भनिए पनि विभिन्न वाहानामा र लुकिछिपी समेत आवतजावत हुने कार्य नरोकिएपछि काठमाण्डौ र भक्तपुरसम्म पनि कोरना भाइरस संक्रमण देखिएको छ । सक्रमितको यात्रा विवरण खुलाइएको छैन ।
केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार मंगलवार साँझको परीक्षणमा काठमाण्डौ र भक्तपुरका ३ जना सहित पर्साका ६ जना महिला, १२ पुरुष, महोत्तरीका दुई पुरुष, धनुषाका एक महिला एक पुरुष, सर्लाहीका एक पुरुष सहित २६ जनामा संक्रमण पाइएको छ । नेपालमा  एकै दिन मंगलबार ८३ जनामा कोरना संक्रमण भएको छ । यस्ले काठमाण्डौ उपत्यका सहित देशभर कोरना भाइरसको थप जोखिम बढाएको महसुस गराएको छ । लुकिछिपी आवागमण तथा पासको दुरुपयोग बढेसँगै र अघोषितरुपले लक डाउन खुकुलो हुन थालेसँगै अन्तर जिल्ला कोरना भाइरस संक्रमण बढेको छ । यसपछि फेरी लक डाउन प्रभावकारी बनाउने र सुरक्षामा कडाई गर्ने तयारी गरेको छ ।

पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो । तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।