भक्तपुर, बैशाख ३१
काठमाण्डौ उपत्यकामा पछिल्लो पटक तीन जनामा कोरना भाइरस संक्रमण देखिएपछि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा जनप्रतिनिधीहरुले कोरना भाइरस संक्रमण रोकथाम र उपचारमा ध्यान केन्द्रीत गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायहरुले आज भक्तपुरको खरिपाटीस्थित सरकारी क्वारेन्टाइनको निरिक्षण गर्नु हुँर्दैै जिल्ला संकट व्यवस्थापन सेन्टरहरुको संयुक्त बैठक भक्तपुरमा बसेको छ । मंगलबार एकै दिन ८३ जनामा कोरना भाइरसको संक्रमण फैलिएसँगै बिहिवार देखि गृह मन्त्रालयले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ ।
यसको कार्यान्वयनको पूर्व सन्ध्यामा आज भक्तपुरमा उपत्यकाका सिएमसीको बैठक बसेको हो । सिएमसीले उपत्यकामा कोरना भाइरस रोकथाम र उपचार तथा प्रतिकार्यकालागि सहकार्य, समन्वय र अनुभव आदानप्रदान एवं सूचना सम्प्रेषन तथा प्रतिकार्यका लागि संयुक्त प्रयास गर्ने र सेवामा एकरुपता ल्याउने तयारी गरेको छ । पछिल्लो घटनाक्रमलाई मध्य नजर गर्दै आएको उपत्यकाका सिएमसीहरुको बैठक भक्तपुरमा बसेको हो । भक्तपुरमा रहेका दुई जनामा कोरना भाइरस संक्रमण देखिएपछि मध्यपुर थिमी र दुवकोट क्षेत्रमा सिल गरेको संकट व्यवस्थापन सेन्टरले उपत्यकामा कोरना भाइरसको जोखिमको समीक्षा गर्दै प्रतिकार्यका लागि योजनाहरु तयार गर्ने विश्वास लिन सकिन्छ ।