भक्तपुर, वैशाख ३०
भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) दिलिपप्रसाद लामिछानेलाइ विदाई गरेको छ । कार्यालयमा मंगलबार एक कार्यक्रम गरी सरकारी सेवाबाट सेवा निवृत्ति भएका सहायक प्रजिअ लामिछानेलाई जिल्लाका उद्यमी व्यवसायीकोतर्फबाट विदाई गरेको हो ।
निवृत्त भएका सहायक प्रजिअ लामिछानेले भक्तपुरको आर्थिक सामाजिक विकासको क्षेत्रमा धेरै सम्भावना भएको जिल्ला भएको बताए । यसो हुंदा सबै क्षेत्रबाट योगदान हुनु पर्ने उनले बताए । यसैगरी उनले जिल्लाको आर्थिक विकासका लागि यहांको व्यापार व्यवसायमा आधुनिकिरण गरिनु आवश्यक रहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले जिल्ला प्रशासन र उद्योग वाणिज्य संघबीचको सम्बन्धलाई मजबुट बनाउनमा सहायक प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । यसैगरी उनंले सेवा निवृत्त भएका सहायक प्रमुख जिल्ला अधिकारीले आफ्नो सेवा कार्यअवधिभरमा हासिल गरेको अनुभवले आगामी दिनमा भक्तपुरको विकासका लागि उपयोगी हुने बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामप्रसाद प्रजापति, उपाध्यक्षहरु महेशबहादुर धौबन्जार, रोशन भोयद्यो र कृष्णमुरारी न्यौपानेले सहायक प्रमुख जिल्ला अधिकारीको योगदानका विषयमा चर्चा गरे । संघका सल्लाहकारहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थितिमा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीलाई फूलको गुच्छा, मफलर र माया चिनोसहित विदाई गरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














