काठमाडौं, वैशाख १४ गते ।
बिरगंजका दुईजना पुरुषमा कोरना भाइरस संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारि प्रेस रिलिजमा प्रदेश २ को बिरगंजमा आज थप दुईजनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको जानेको छ ।
उहाँका अनुसार दुबैजना संक्रमित ५० वर्षीय पुरुष हुनुहुन्छ । संक्रमित दुबैजना अस्पतालको आइसोलेशनमा रहेको बताउनु भएको छ । दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएपछि संक्रमण भएको पुष्टि भएको हो । संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ । संक्रमित ५१ जना माध्य १२ जना संक्रमण मुक्त भइ घर फर्की सकेका छन् भने थप ४ जना निको भएपछी घर फाकाउने तयारीमा छ ।














