विपद्का तथ्यांगहरु अध्यावधिक हुन नसक्दा गलत सूचनाले विपद्को थप त्रास बढायोः प्रमुख जिल्ला अधिकारी भट्रटाई
भक्तपुर, फागुण ०९ गते
भक्तपुर जिल्लाको विपद्का तथ्यांगहरु अध्यावधिक हुन नसक्दा गलत सूचनाले समुदायमा विपद्को थप त्रास बढेकोमा चिन्ता व्यक्त गर्दै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले खर्चालु भए पनि केन्द्र देखि स्थानीय वडासम्म विपद् ब्यवस्थापनका समितिहरु तयारी अवस्थामा राख्न नसकेसम्म विपद् व्यवस्थापनमा चुनौति रहेने उल्लेख गर्नु भएको छ । टन्सपरेन्सी इन्टरनेश्नल नेपालले सिपाडोल भक्तपुरमा आयोजना गरेको जिल्लाको विपद् व्यवस्थापन सम्बन्धी छलफलमा बोल्नु हुँदै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भट्टराईले विपद् ब्यवस्थापनका लागि सरकारी, गैर सरकारी, समुदाय देखि घरसम्म विपद्मा राहात, उद्वार र पुनःस्थापना सम्मका गतिविधिहरु विपद्को सुरुबाटै छुटाछुटै जिम्मेबारीताका साथ ब्यवस्थापन गर्दा प्रभावकारी हुने बताउनु भयो । विपदको आकस्मिक ब्यवस्थामा विश्व नै कमजोर रहेको बेला नेपाल नमूनाको रुपमा सक्रिय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा निरास हुनुपर्ने अवस्था नभएको औल्याउनु भयो । भक्तपुर जिल्लामा भन्दा ग्रामिण क्षेत्रमा विपद् जोखिम र सेवा सुविधाको पहुँचमा कमि रहेको बेला जिल्लाको विपद्का तथ्यांग अध्यावधिक गर्न आवश्यक महसुस गरेका हुन ।
आयोजक समितिका अध्यक्ष पद्मिनी प्रधानांगले भक्तपुर जस्तो घन्ना वस्ती भएका क्षेत्रमा विपद्को जोखिम बढी रहने भएकाले व्यवस्थित शहरीकरणको आवश्यकता औल्याउदै विपद् व्यवस्थापनका योजनाहरुलाई पारदर्सिरुपमा कार्यान्वयन गर्न आवश्यक भएको बताउनु भयो । अध्यक्ष प्रधानांगले भूकम्पको बेला सबैलाई जुताए, कोभिडले छुटाए भन्दै विपद् व्यवस्थापनमा सबै मिलेर स्वयंम् सेवक परिचालन गरेर भए पनि, आवश्यक नीति र विधि बनाएर स्रोतको सही परिचालन गर्नुपर्नेमा जोड दिनु भयो । विपद्को बेला राहात वितरणमा राजाले दिएको बेला तेल थाप्ने पचलन अहिले नभएको भन्दै भक्तपुरबासीले लिन मात्र होइन दिन पनि जानेका छन् उहाँले भन्नु भयो । राहात वितरणमा बिगतका कमजोरीलाई नदोह्रीने गरी ब्यवस्थापनमा जुत्न सबैमा आग्रह गनु भयो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरको विपद् प्रतिकार्य र योजनाको प्रतिवेदन रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले टिआई नेपालका अध्यक्ष प्रधानांगलाई प्रदान गरेका थिए ।

कार्यक्रममा रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाको विपद् जोखिमको अवस्था, प्रतिकार्यका गतिविधी, पुननिर्माण तथा पुनस्थापना, कोभिडको प्रभाव एवं विपद्को खोज उद्धार, राहात वितरणका गतविधि र नीतिगत व्यवस्थाहरु बारे प्रस्तुतीकरण भएको थियो । मुलुककै सानो जिल्ला भए पनि अन्य जिल्लाको तुलनामा विपद् प्रतिकार्यका लागि भक्तपुर जिल्ला सबल छ तर अझ थप पूर्वतयारी र सचेतिकरणको आवश्यकता महसुस गर्दै रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले कोभिड १९को बेला पनि रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले केन्द्रले २४ सय प्वाइन्ट रगत संकलन गर्दा भक्तपुरले १३ हजार प्वाइन्ट रगत संकलन गरी देशभरबाट उपचारका लागि आएका विरामीको उपचारमा योगदान दिन सकेको उल्लेख गर्नु भयोे । सरकार र स्थानीय तहले समेत ध्यान पुर्याउन एवं आवश्यक बजेट व्यवस्थापन गर्न नसकेको बेला रेडक्रसले विभिन्न दाताहरुको सहयोगमा जिविकोपार्जन, सरसफाई, विपद् बारे सचेतिकरण, सोलार बटी, रेटिंगबाल समेत बनाउने जिम्मेबारी पूरा गरेको कुरालाई अन्यथा लिन नहुनेमा जोड दिनु भयो भने राष्ट्यि पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनन्तप्रसाद न्यौपानेले भूकम्प जस्तो विभिन्न प्राकृतिक विपद्हरु कसैले रोक्न नसक्ने भएकाले त्यसबाट कसरी बच्ने, बचाउने, मलमपति लगाउने भन्ने विषयमा विषयगत संघ संस्था र कार्यालयहरु जिम्मेबार हुन आवश्यक भएकोमा जोड दिनु भयो ।

सूर्यविनायक नगरपालिकाको तर्फबाट अनिरुद्र नेपालले केन्द्र देखि स्थानीय वडासम्म विपद्को पहिचान गरी आवश्यक नीति निर्माण गर्नुपनेमा जोड दिनु भयो भने मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थीले कोभिडको संक्रमणको बेला विभिन्न संघ संस्थाहरु सक्रिय हुन नसकेको औल्याउँदै प्रकोप बारे पूर्व जानकारी भए समुदायमा विपद नै नपर्ने औल्याउनु भयो ।
चाँगुनारायाण नगरपालिकाका निला घिमिरेले चानपामा विपद् प्रतिकार्यका लागि १ करोड बजेट छुत्याएको उल्लेख गर्दै नगरस्तर देखि प्रत्येक वडास्तरमा विपद् व्यवस्थापन समिति गठन गरी ८ वटा क्लस्टर छुत्याएर विपद् प्रतिकार्यमा जुति रहेको जानकारी दिनु भयो ।
शसस्त्र प्रहरी भक्तपुरका एचडि न्यौपानेले विपद् प्रतिकार्यका लागि समुदायस्तरमा विभिन्न तालिमहरु आयोजना गर्न आफूहरु तयार रहेको जनाउँदै माथिबाट निर्देशन बाहेक केही सामग्री नआउने भएकाले आफै जुतेर गतिविधि गर्न असमर्थ रहेको उल्लेख गर्दै समुदायका लागि आवश्यक तालिमहरु दिन तयार रहेको बताउनु भयो ।
सो अवसरमा युवा क्रियाकलाप समाजका प्रवन्धक पहलमान श्रेष्ठले हिजो भएको विपद्को जोखिमलाई आज सम्झिन नसकेकाले विपद्ले समाजमा थप समस्या निम्त्याएको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनकालागि स्थानीय तहका प्रमुखहरु नै जिम्मेबार भएर स्थानीय सरकारलाई मजबुत बनाउनुपर्नेमा जोड दिनु भयो ।
टिआइ नेपालका कानुन अधिकृत दिनानाथ भट्टाइ र जिल्ला संयोजक जुनु ढकालले छलफलमा सहजिकरण गरेको सो कार्यक्रममा सञ्चारकर्मी सुरेशप्रसाद सायंजूले विपद्का तथ्यांग र सूचनाहरु नबाझिने गरी संप्रेषण हुनुपर्ने, एकद्वार प्रणालीलाई सही रुपमा कार्यान्वयन गर्नु पर्ने, विपद्बारे तथ्यपरक सही सूचनाहरु समुदायमा पुर्याउन नसक्दा विपद्ले भन्दा बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै विपद् व्यवस्थापनका योजनाहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।















