४४ औं तःमुज्याको प्रचार प्रसार समिति गठन

४४ औं तःमुज्याको प्रचार प्रसार समिति गठन
भक्तपुर, श्रावण ३० गते
“जनता बांचे भाषा बाच्छ” उद्घोष गर्दै आएको नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक ब्वज्याको ४४ औं सृखलाको व्यापक प्रचार प्रसारकालागि प्रचार प्रसार समिति गठन गरेको छ । ४४ औं तःमुज्याको ग्वसाखलले आज कमलविनायक भक्तपुरमा आयोजित एक भेलाबाट ग्वसाखलका काशिराम प्राजापतिको अध्यक्षतामा ४४ सदस्य प्रचार प्रसार समिति गठन गरेको हो । हिजो आर्थिक समिति गठन गरेको ग्वसाखलले आज प्रचारप्रसार समिति गठन गर्दै जनताको बीचमा तःमुज्याको परिस्कृत र व्यापक रुपले प्रचार गर्ने तथा सहभागिताकालागि आमन्त्रण गर्नुका साथै आवश्यक सहयोग जुताउने विषयमा समेत गहनरुपले छलफल गरेका थिए ।


४४ औं ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले संयोजन गरेको सो प्रचार प्रसार समिति गठन कार्यमा बोल्नु हुदै मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले तःमुज्या जनसमुदायमा राम्रो छवि बनाएको साहित्य तथा सांस्कृतिक पर्व भएकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने विभिन्न विषयहरुमा आयोजक समितिको ध्यानाकर्षण गराउंदै उहांले तःमुज्या भव्यरुपले सफल पार्न प्रचार प्रसार कार्यलाई पनि जोड दिनुपर्ने बताउनु भयो । तःमुज्याका विषयहरुलाई पुस्तकका रुपमा पनि प्रकासित गर्न सके तःमुज्याको महत्व अझै झल्किने विचार व्यक्त गर्नुृ भयो ।
भने भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले ४४ औं तःमुज्यालाई व्यवस्थित रुपले आयोजना गर्न सञ्चार माध्यमहरुको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनु भयो । विगतका तःमुज्याले गरेका राम्रा कार्यहरुको समीक्षा गर्दै अझै पृष्ठक र उत्कृष्ठ तरिकाले ४४ औं तःमुज्या आयोजना गर्न सहभागिहरुको ध्यानाकर्षण गराउनु भयो ।
भोली तःमुज्याको सांस्कृतिक समिति गठनको तयारी गरेको ग्वसाखलले भाद्र १ गते ४४ औं तःमुज्याको ग्वसाखल उद्घाटनको कार्यक्रम रहेको अध्यक्ष लवजुले जानकारी दिनु भयो । उहाँले नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा ४४ औं तःमुज्याको ग्वसाखल अर्थात कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनु भयो । तःमुज्यालाई पहिला मनाए जस्तो मात्र नभई व्यस्थित र भव्य रुपमा मनाउन विभिन्न समिति उपसमितिहरु बनाएर जिम्मेवारी बाडफाड कार्य भइरहेको उहांले बताउनु भयो । आगामी असोज २८ र २९ गते गरी दुई कमलविनायकस्थित लामुगाः पुखु परिसरमा ४४ औ तःमुज्या आयोजनाको तयारी भएको हो ।
कार्यक्रममा तःमुज्याखका सचिव नरेश खत्री, ४४ औं तःमुज्याका कोषाध्यक्ष नातिभाई ह्यौबा र सचिव संजय मानन्घर, भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा सहित विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी तथा प्रचार प्रसार कार्यमा सहयोग गर्ने समुदायको सहभागिता रहेको थियो ।