संयुक्त राष्ट्र«सङ्घ, ४ पुस (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।
राष्ट्रसङ्घको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसङ्घका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागू हुने जनाइएको छ ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीले जनाएका छन् ।
वायु प्रदूषणले विश्वभरिका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाइ छ ।
वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनुपर्नेमा समेत सरोकारवालाले जोड दिँदै आएका छन् ।













