डोलेश्वर प्रहरी चौकी कार्यालयबाट सेवा आजबाट पुनः सुरु
भक्तपुर, कार्तिक २२ गते
भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सूर्यवहादुर खड्काले जेन्जी आन्दोलनले आगजनी भएको डोलेश्वर प्रहरी चौकी पुनःनिर्माण भएपछि आज उद्घाटन गर्नु भएको छ । जगाती प्रहरी वृत्त पुननिर्माण समितिको आर्थिक भौतिक सहयोगमा मर्मत सम्भार पूरा गरेपछि आज सो चौकीको उद्घाटन भएको चौकीका प्रमुख शिव निरौलाले जनाएको छ । कार्यालय भवन जलेपछि निजी घरबाट सेवा दिनुपर्दा असज महसुस गरी विभिन्न व्यक्ति संस्थाहरुको सहयोग जुताएर मर्मत सम्पन्न भएपछि आजबाट कार्यालयबाटै सेवा दिन सक्ने भएको उहाँले बताए । भोलीबाट फेरी सिसि क्यामेरा सहित थप प्रभावकारी रुपमा सेवा विस्तार हुने गरी कार्यालय मर्मत तथा सरसफाई गरी कार्य सञ्चालनको तयारी भएको उहाँले बताए । डालेश्वर मन्दिर, नैचाल आसपासका समुदायको शान्ति सुरक्षाकालागि सो चौकी गत वर्ष मात्रै निर्माण गरी सञ्चालनमा आएको हो । पुनःनिर्माण समितिका अध्यक्ष कृष्णराम जाकीका अनुसार जगाती प्रहरीको पुनःनिर्माणसँगसँगै डोलेश्वर प्रहरी चौकी पनि पुनःनिर्माणमा सर्वसाधारणहरुको तर्फबाट सहयोग जुताएर पुनः सेवा प्रारम्भ भएको बताउनु भयो । ऐतिहासिक डोलेश्वर मन्दिर र स्थानीय समुदायको शान्ति सुरक्षाको महत्वलाई झल्काएर चौकीको पुनःनिर्माण गरी पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैमा समितिका अध्यक्ष जाकीले धन्यवाद व्यक्त गरेका छन् । जिल्ला ट्राफिक कार्यालयको सेवा भने विभिन्न कारणले आज प्रारम्भ गर्न नपाएकोमा भने उहाँले दुःख व्यक्त गरे । समितिका कोषाध्यक्ष एवं स्थानीयवासी राकेश थापाले चौकी पुनः सञ्चालनमा आएपछि स्थानीय समुदाय र डोलेश्वर मन्दिरको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको बताउनु भयो । जनताको शान्ति सुरक्षाकालागि जनताकै सहयोगमा चौकी पुनः सञ्चालनमा आउँदा स्थानीय जनता लाभावित हुने उहाँले बताउनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













