भक्तपुर, मंसिर २९गते । कालिन्चोक दर्शन गरी फर्केको रिर्जभको गाडी दुर्घटनामा पर्दा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये आइतवार साँझसम्ममा १४ जनाको प्रहरीले सनाखत गरेको छ । ३२ जना यात्रु सहित शनिवार विहानै भक्तपुरको आदर्शबाट कालिन्चक पुगेका तीर्थालुहरु आज विहान दुर्घटनामा परेका हुन । लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै सडकबाट बस ७० मिटर तल खसेर सो दुर्घटना भएको थियो । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उहाँकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ । बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताउनुभयो ।
दुर्घटनामा परेका सबै जना भक्तपुरको आदर्श आसपासमा डेरा गरी बस्ने नागरिकहरु रहेको स्थानीयले बताएका छन् । स्थानीय गलैचा कारखानामा काम गर्ने कमदारहरु सहितको टोलि कालिन्चोक भगवतीको दर्शनपछि फर्कनेक्रममा सो दुर्घटनामा परेका हुन ।
आदर्शस्थित बुद्ध कार्पेटमा गलैंचा बुन्नेहरु नै आधा दर्जनको संख्यामा सो दुर्घटनामा परेको कार्पेटका प्रोपाइटर बुद्धलक्ष्मी लोहलाले बताए । उहाँका अनुसार तीर्थयात्रामा हिडेका धेरै यात्रुहरु आदर्श आसपासका छन् । आफनो कारखानामा कार्पेट बुन्ने चारजनाको परिवार पनि त्यसमै परेको उनले सुनाइन् । आफ्नै गलैचा कारखानामा काम गर्ने रेश्मा तामाङको चार जनाको परिवार टोलीमा रहेको उनले बताइन् । आमा रेश्माका साथ छोरीहरु अन्जना, सबिना र रोशनी टोलीमा रहेको उनले जनाइन् ।
स्थानीय कान्छीमैया चिकंबञ्जारले पनि सोहि टोलीबाट कालिन्चोक दर्शन गर्ने योजनामा थिइन । छोराले त्यहाँं हिउँं परेर बाटो चिप्लो छ, गाडीसाडी दुर्घटना होला, जानुपर्दैन भनेर मोबाइलबाट सामाजिक सञ्चालबाट बाटोमा हिउँं परेको देखाएर रोकेपछि जान नपाएको उनले सुनाइन् । यात्रुहरु शनिवार विहान सबेरै हिडेको र हिड्नु अगाडीसम्म आफूलाई पनि जान बोलाएका थिए चिकंवन्जारले बताए । आफू जान नसकिने भएपछि देउटालाई प्रसाद भए पनि पठाउन तयारी गरु गरुञ्जेल तीनीहरु हिडि सकेको देख्दा हटारमा हिडे जस्तो लागेको उनले सुनाइन । चिकंवञ्जार जस्तै अरु स्थानीयहरु प्नि कालिञ्चोकको दर्शनको अन्तिम तयारी गर्दा गर्दै पनि सो क्षेत्रको बाटो नराम्रो भएको भन्दै नगएको पनि स्थानीयले जनसञ्चार खवरलाई सुनाएका छन् । स्थानीय ज्ञानवहादुर तामागलाई पनि सोही टिममा जान भनिएको भए पनि आफूलाई सञ्चो नभएर नगएको तर आफ्नो छरछिमेकीहरु दुर्घटनामा पर्दा दुःख लागेको बताए । दुर्घटनामा परी मृत्यु भएका र घाइटे परिवारका सदस्यहरुको आर्दशमा विहान देखि सुवाबासी र शोखमा दुबेको छ । कतिपय मानिसहरु घटनास्थलमा विहानै पुगेका छन् त कतिपय अस्पताल पुगेर घाइटेहरुलाई भेट्न पुगेका थिए ।
टोलीमा स्थानीय आदर्श आजाद माविका दुई जना आफना विद्यार्थी सागर तामाङ र अन्जना तामाङ रहेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए। उनका अनुसार दुई जनामध्ये सागरसँंग बिहान टेलिफोनमा सम्पर्क भएको बताउनु भयो । शिक्षक हरिकृष्ण डनेगुलुका अनुसार अन्जना दुर्घटनामा परेदेखि बेहोस छिन् । सागर भने मोबाइलमा कुरा गर्न सक्छन् ।
शनिबार बिहान तीन बजे आदर्श चोकमा भेला भई उनीहरु कालिन्चोक गएका थिए । बा४ख ४४६८ नम्वरको गाडी रिजर्भ गरी शनिबार बिहान कान्लिान्चोक दर्शन गरी फर्केको उनीहरुको गाडी आइतबार बिहान फर्कने क्रममा सिन्धुपाल्चोकको मुडे नजिक दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल, १४ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्रथामीक उपचार गरेपछि गम्भीर घाइते सबैलाई उपचारका लागि अन्यत्र पठाइएको सिन्धु सदावहार अस्पतालले जानकारी दिएको हो । मृतक सबैको पोष्मार्टमको लागि प्रथामीक स्वास्थ्य केन्द्र बाह्रविसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर मृतकको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो । ह्याम्स अस्पतालमा लगीएका विरामीहरुको अवस्था गम्भीर रहेको र दुईजनाको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिनुभयो । कालिञ्चोक तिर्थ यात्र गरी भक्तपुर जाँदै गरेको बस आज बिहान साढे ७ बजे लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । लामोसाँघु जिरी सडक खण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दिपक तामाङका अनुसार बसको सीटभर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले बताउनुभयो । यसअघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए । पछिल्लो पटक कार्तिकमा दोलखाको मागादेउरालीबाट काठमाण्डाँैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ जनाको मृत्यु भएको थियो ।














