भक्तपुर बचतमा ऋणी भेला सम्पन्न
भक्तपुर, २४ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जेठ ९ गते जारी गरेको निर्देशन तथा मापदण्ड २०८२ को व्यवस्थाबारे संस्थाका ऋणीहरुलाई सचेतना तथा अभिमुखीकरण गर्न शनिबार ऋणी भेला सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले नेपाल राष्ट्र बैंक र प्राधिकरणले जारी गरेको मापदण्ड र निर्देशनलाई पालना गर्न संस्थाका सदस्यहरुसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो । ४ अर्ब ४० करोडको वासलात रहेको यो संस्था चलाउन संस्थाका सदस्यहरुकै महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ । प्राधिकरणले जारी गरेको मापदण्ड तथा निर्देशिका अनुसार संस्थाबाट ऋण लगेर नियमित किस्तावन्दीमा नतिर्ने ऋणीको कर्जा सूचना केन्द्रमा जानकारी दिनुपर्ने र कालोसूचीमा परेका ऋणीका लागि सबैतिर बाटो बन्द हुने उहाँले स्पष्ट पार्नुभयो । साथै उहाँले त्यसअनुसार एक व्यक्तिले एक सहकारी मात्र रोज्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिले नयाँ मापदण्ड र निर्देशिकाले ऋणीहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले सचेतनास्वरुप भेला कार्यक्रम राखेको स्पष्ट पार्दै एक दुईवटा खराब सहकारीका कारण ल्याएको यो मापदण्ड र निर्देशिकाले बहुसंख्यक सहकारीका सदस्यलाई अप्ठ्यारो परेमा सहकारी संस्थाहरुले संघर्ष र आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले ऋणी भेला पनि त्यसकै निरन्तरता भएको स्पष्ट पार्नुभयो ।
संस्थाका व्यवस्थापक सत्य नारायण साँयजुले जेठ २२ सम्मको संस्थाको वित्तीय विवरणबारे स्पष्ट पार्दै प्राधिकरणको सहकारी मापदण्ड र निर्देशिकाबारे बुँदागत रुपमा औंल्याउनुभयो । उहाँले अबको हाम्रो यात्रा यसैअनुसार जानुपर्ने भएकोले संस्थालाई सहज बनाउन सबै सदस्यहरुले साथ दिनुपर्ने र कुनै पनि समयमा लागु गर्न मानसिक रुपमा तयार रहनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका सदस्य लक्ष्मी प्रसाद कुसीले स्वागत गर्दै संस्थाले भक्तपुर आदर निकेतन सञ्चालन गरी सदस्य परिवारलाई साथ दिई सामाजिक कर्तव्य बोध गरेको बताउँदै संस्था अघि बढ्न बढाउन ऋणीको मुख्य भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा ऋण अधिकृत अन्जना छुस्याबाग, सदस्यहरु रवि खड्का, सत्यराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














