भक्तपुर बचतमा ऋणी भेला सम्पन्न
भक्तपुर, २४ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जेठ ९ गते जारी गरेको निर्देशन तथा मापदण्ड २०८२ को व्यवस्थाबारे संस्थाका ऋणीहरुलाई सचेतना तथा अभिमुखीकरण गर्न शनिबार ऋणी भेला सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले नेपाल राष्ट्र बैंक र प्राधिकरणले जारी गरेको मापदण्ड र निर्देशनलाई पालना गर्न संस्थाका सदस्यहरुसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो । ४ अर्ब ४० करोडको वासलात रहेको यो संस्था चलाउन संस्थाका सदस्यहरुकै महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ । प्राधिकरणले जारी गरेको मापदण्ड तथा निर्देशिका अनुसार संस्थाबाट ऋण लगेर नियमित किस्तावन्दीमा नतिर्ने ऋणीको कर्जा सूचना केन्द्रमा जानकारी दिनुपर्ने र कालोसूचीमा परेका ऋणीका लागि सबैतिर बाटो बन्द हुने उहाँले स्पष्ट पार्नुभयो । साथै उहाँले त्यसअनुसार एक व्यक्तिले एक सहकारी मात्र रोज्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिले नयाँ मापदण्ड र निर्देशिकाले ऋणीहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले सचेतनास्वरुप भेला कार्यक्रम राखेको स्पष्ट पार्दै एक दुईवटा खराब सहकारीका कारण ल्याएको यो मापदण्ड र निर्देशिकाले बहुसंख्यक सहकारीका सदस्यलाई अप्ठ्यारो परेमा सहकारी संस्थाहरुले संघर्ष र आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले ऋणी भेला पनि त्यसकै निरन्तरता भएको स्पष्ट पार्नुभयो ।
संस्थाका व्यवस्थापक सत्य नारायण साँयजुले जेठ २२ सम्मको संस्थाको वित्तीय विवरणबारे स्पष्ट पार्दै प्राधिकरणको सहकारी मापदण्ड र निर्देशिकाबारे बुँदागत रुपमा औंल्याउनुभयो । उहाँले अबको हाम्रो यात्रा यसैअनुसार जानुपर्ने भएकोले संस्थालाई सहज बनाउन सबै सदस्यहरुले साथ दिनुपर्ने र कुनै पनि समयमा लागु गर्न मानसिक रुपमा तयार रहनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका सदस्य लक्ष्मी प्रसाद कुसीले स्वागत गर्दै संस्थाले भक्तपुर आदर निकेतन सञ्चालन गरी सदस्य परिवारलाई साथ दिई सामाजिक कर्तव्य बोध गरेको बताउँदै संस्था अघि बढ्न बढाउन ऋणीको मुख्य भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा ऋण अधिकृत अन्जना छुस्याबाग, सदस्यहरु रवि खड्का, सत्यराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












