भक्तपुर, २०७७ जेष्ठ १८ गते
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जुममार्फत आइतबार महामारीको अवस्थामा सहकारीको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संयोजन संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गर्नु भएको थियो । वँहाले हालको अवस्थामा संघको तालिम शिक्षा तथा सूचनाको निरन्तरताको लागि जुम प्रविधिमार्फत सुसूचित गर्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको अवस्थामा सहकारीको भुमिकाको प्रस्तुतीकरण गर्दै सहकारी व्यवसाय संकटको बेला सशक्त हुने कुरा बताउनु भयो । वहाँले महामारीले सहकारी व्यवसायलाई पारेको असर, सहकारी निकाय र अभियानले यस विषम परिस्थतिमा खेलेको भुमिका, आगामी दिनमा सहकारी, कर्मचारी, सदस्य तथा नियमनकारी निकायले खेल्नुपर्ने भुमिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै जारी बजेटमा सहकारीका लागि भएको व्यवस्थाबारेमा पनि प्रस्तुतीमा समावेश गुर्नभयो ।
कार्यक्रमका टिप्पणीकर्ता नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले प्रस्तुतीकरणको विषयमा टिप्पणी गर्दै भेग विषय बस्तुले विषय बस्तु उत्थान गर्न सफल भएकोमा धन्यवाद दिदै आगामी दिनमा एउटा एउटा विषयमा शुक्ष्म ढंगबाट विश्लेषण गर्दै जानुपर्ने सुझाब राख्नुभयो ।
अन्र्तक्रिया कार्यक्रममा ६१ जनाको सहभागिता रह्यो । कार्यक्रममा उठेको जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भयो । ब्राण्ड प्राप्त सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक एंव संघका संस्थापक अध्यक्ष राजेन्द दुमरु र बाराही बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक शिवजी हाकुदुवालले असल अभ्यासका अनुभाव बताउनुभयो । सहभागीहरुले हालको परिस्थीतिमा ऋण लगानी, ऋण असुली र व्याज उठाउने विषयमा चिन्ता व्यक्त गर्नुभयो । साथै कर्मचारीहरुको सेवा सुविधालाई कसरी व्यवस्थापन गर्ने विषयमा पनि चिन्तन गरेको पाइयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...












