भक्तपुर । मंसिर ३ गते, मंगलबार
‘नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्ड कब्जामा लियो’ भन्ने समाचारप्रति भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणको अभावमा निरन्तर अतिक्रमण भइ हाल १०६ रोपनी मात्रै बाँकी रहेको नापजाँचबाट देखिन आएको हुँदा तत्काल संरक्षण गर्न नसकेमा थप अतिक्रमण हुने सम्भावनालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टलाई लिखित जानकारी दिएर संरक्षण सुरु गरेको हो ।
उक्त जग्गामा जथाभावी पार्किङ गर्ने, निर्माण सामग्रीहरु थुपार्ने तथा फोहर फाल्ने गरेको कारण नगर प्रवेश हुने ठाउँमा त्यस्तो राख्नु उपयुक्त नदेखिएको र ठाउ“–ठाउ“मा विभिन्न व्यक्तिहरुले टहरा समेत बनाइ भोगिरहेको हुँदा नगरपालिकाले नियमानुसार ती टहराहरु हटाउन लगाएको थियो । पर्खाल निर्माणकै क्रममा नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोली र सदस्य यामजोङ शेर्पाको नेतृत्वको टोलीले अनुगमन गरेका थिए । उहाँहरुसँग पटक–पटक बसेको बैठकले ‘भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा पर्खाल लगाएको सकारात्मक हुँदै भक्तपुरबासी जनताको अधिकत्तम हितमा उक्त जग्गा सदुपयोग गर्ने’ निर्णय समेत गरेको थियो । नेपाल ट्रष्टको जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको, नगरपालिका र ट्रष्टबीच छलफलमै संरक्षणको काम भइरहेकोमा मिति २०७६ मंसिर ३ गते नगरपालिकाले लगाएको सा“चो फोरी फालिराखेको सूचना प्राप्त भएपछि के कसो हो भनी उक्त ठाउँमा बसिरहेको एक व्यक्तिसँग सोधपुछ गरिएको र नेपाल ट्रष्टबाट खटाइएको पाइएपछि प्रहरी प्रशासनमा जानकारी दिइ फर्काइएको थियो । ‘नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लियो’ भन्ने समाचार सत्य होइन ।
सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुमा भक्तपुर नगरपालिकाले उक्त जग्गामा ‘स्वामित्व लिन खोज्यो’ भन्ने आशय अत्यन्त गलत हो । नगरपालिका नियमानुसार चल्ने एक वैधानिक संस्था हो । नेपाल ट्रष्टको नाउ“मा ३ वटा ठूल्ठूला साइन बोर्ड उक्त स्थानमा राखेको पाइयो । उक्त बोर्डहरुमा भक्तपुर नपा १ सल्लाघारी ठेगाना नलेखी कटुन्जे ९ (ख) कित्ता नं. ५४० लेखिएकोले जनतामा गलत सन्देश जाने र भ्रम सृजना हुने हुँदा त्यसलाई सच्याउन नेपाल ट्रष्टलाई भक्तपुर नगरपालिकाले यस अगाडि पनि आग्रह गरेको कुरा यहाँ प्रस्ट पार्न चाहन्छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













