भक्तपुर । मंसिर ३ गते, मंगलबार
‘नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्ड कब्जामा लियो’ भन्ने समाचारप्रति भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणको अभावमा निरन्तर अतिक्रमण भइ हाल १०६ रोपनी मात्रै बाँकी रहेको नापजाँचबाट देखिन आएको हुँदा तत्काल संरक्षण गर्न नसकेमा थप अतिक्रमण हुने सम्भावनालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टलाई लिखित जानकारी दिएर संरक्षण सुरु गरेको हो ।
उक्त जग्गामा जथाभावी पार्किङ गर्ने, निर्माण सामग्रीहरु थुपार्ने तथा फोहर फाल्ने गरेको कारण नगर प्रवेश हुने ठाउँमा त्यस्तो राख्नु उपयुक्त नदेखिएको र ठाउ“–ठाउ“मा विभिन्न व्यक्तिहरुले टहरा समेत बनाइ भोगिरहेको हुँदा नगरपालिकाले नियमानुसार ती टहराहरु हटाउन लगाएको थियो । पर्खाल निर्माणकै क्रममा नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोली र सदस्य यामजोङ शेर्पाको नेतृत्वको टोलीले अनुगमन गरेका थिए । उहाँहरुसँग पटक–पटक बसेको बैठकले ‘भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा पर्खाल लगाएको सकारात्मक हुँदै भक्तपुरबासी जनताको अधिकत्तम हितमा उक्त जग्गा सदुपयोग गर्ने’ निर्णय समेत गरेको थियो । नेपाल ट्रष्टको जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको, नगरपालिका र ट्रष्टबीच छलफलमै संरक्षणको काम भइरहेकोमा मिति २०७६ मंसिर ३ गते नगरपालिकाले लगाएको सा“चो फोरी फालिराखेको सूचना प्राप्त भएपछि के कसो हो भनी उक्त ठाउँमा बसिरहेको एक व्यक्तिसँग सोधपुछ गरिएको र नेपाल ट्रष्टबाट खटाइएको पाइएपछि प्रहरी प्रशासनमा जानकारी दिइ फर्काइएको थियो । ‘नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लियो’ भन्ने समाचार सत्य होइन ।
सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुमा भक्तपुर नगरपालिकाले उक्त जग्गामा ‘स्वामित्व लिन खोज्यो’ भन्ने आशय अत्यन्त गलत हो । नगरपालिका नियमानुसार चल्ने एक वैधानिक संस्था हो । नेपाल ट्रष्टको नाउ“मा ३ वटा ठूल्ठूला साइन बोर्ड उक्त स्थानमा राखेको पाइयो । उक्त बोर्डहरुमा भक्तपुर नपा १ सल्लाघारी ठेगाना नलेखी कटुन्जे ९ (ख) कित्ता नं. ५४० लेखिएकोले जनतामा गलत सन्देश जाने र भ्रम सृजना हुने हुँदा त्यसलाई सच्याउन नेपाल ट्रष्टलाई भक्तपुर नगरपालिकाले यस अगाडि पनि आग्रह गरेको कुरा यहाँ प्रस्ट पार्न चाहन्छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













