सञ्चारकर्मी र सञ्चारगृह निसानामा पर्नु खेदजनकः अकोराब ।।
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनकारीको समूहले हिजो विभिन्न सञ्चारमाध्यममा तोडफोड गर्ने, हुलहुज्जत गर्ने र पत्रकार लक्षित आक्रमण र आगो लगाउने जस्ता कार्य गरेकोप्रति सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अकारोबका महासचिव वन्दना दनुवारले आज एक विज्ञप्तिमार्फत आन्दोलनकाक्रममा काठमाण्डौँको तिनकुनेमा अराजक समूहले समाचार सङ्कलनमा रहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु हुने गरेर घटाएको आगजनीको घटनाको छानबिन गरेर सत्य कुरा बाहिर ल्याउन पनि माग गर्नुभएको छ । ‘काठमाडौँस्थित तिनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी अनि कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गर्ने जस्ता आपत्तिजनक, निन्दनीय कार्यको भत्र्सना गर्दछौँ ।’ महासचिव दनुवारले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने सञ्चारकर्मी र सञ्चारसंस्थाहरूमाथि भएको घोर आपत्तिजनक घटनाको छानविन गर्न पनि अकोराबले माग गरेको छ । ‘शन्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन । सङ्घ लोकतन्त्र र प्रेस विरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ र यस प्रकारका हर्कत दोहोरिए त्यसविरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराउँंदछ ।’ विज्ञप्तिमा भनिएको छ । पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको मागसहित मृतक पत्रकार रकजप्रति अकोराबले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













