सञ्चारकर्मी र सञ्चारगृह निसानामा पर्नु खेदजनकः अकोराब ।।
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनकारीको समूहले हिजो विभिन्न सञ्चारमाध्यममा तोडफोड गर्ने, हुलहुज्जत गर्ने र पत्रकार लक्षित आक्रमण र आगो लगाउने जस्ता कार्य गरेकोप्रति सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अकारोबका महासचिव वन्दना दनुवारले आज एक विज्ञप्तिमार्फत आन्दोलनकाक्रममा काठमाण्डौँको तिनकुनेमा अराजक समूहले समाचार सङ्कलनमा रहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु हुने गरेर घटाएको आगजनीको घटनाको छानबिन गरेर सत्य कुरा बाहिर ल्याउन पनि माग गर्नुभएको छ । ‘काठमाडौँस्थित तिनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी अनि कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गर्ने जस्ता आपत्तिजनक, निन्दनीय कार्यको भत्र्सना गर्दछौँ ।’ महासचिव दनुवारले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने सञ्चारकर्मी र सञ्चारसंस्थाहरूमाथि भएको घोर आपत्तिजनक घटनाको छानविन गर्न पनि अकोराबले माग गरेको छ । ‘शन्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन । सङ्घ लोकतन्त्र र प्रेस विरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ र यस प्रकारका हर्कत दोहोरिए त्यसविरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराउँंदछ ।’ विज्ञप्तिमा भनिएको छ । पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको मागसहित मृतक पत्रकार रकजप्रति अकोराबले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














