सन्दर्भ, २८ औं अपांगता दिवसः अवसर पाए अपांगता भएका व्यक्तिहरु पनि सृजनशिल बन सक्ने

भक्तपुर, मंसिर १७ गते| अवसर पाए अपांगता भएका व्यक्तिहरु पनि सृजनशिल हुन सक्छन् भन्ने उदाहरण भक्तपुरका अपांगता भएका व्यक्तिहरुले देखाएका छन् । २८ औं विश्व अपांगता दिवसको अवसरमा रेडक्रस सोसाइटी भक्तपुरले मंगलवार भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि दृष्टिविहिन सुरेशराज भण्डारी र गोपाल भोमीले सम्पूर्ण भौतिक सम्रचनाहरुलाई अपांग मैत्री बनाउनुपर्नेमा जोड दिदै अपांगता भएकाहरुलाई समानता भन्दा पनि समतामूलक व्यवहार हुनुपर्नेमा जोड दिनु भयो भने शारीरिक रुपले अशक्त सुमन पलिखेल, सपना चक्रधर, गंगा, प्रिता बल्ल, सुलोचना भ्योद्य लगायतका अपांगता भएका व्यक्तिहरुले आफ्नो मनको भावना, कविता, गीतहरु सुनाउँदै अपांगता कमजोरी मात्र भएको र उसलाई सुधार्न अवसरहरु दिनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको विश्व अपांगता दिवसको सन्र्दभमा दिगो विकासको लक्ष्य, अपांग मैत्री भविष्यप्रति प्रतिवद्ध भई सामुहिक हस्ताक्षर गरेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी भट्टले सबैसँग उस्तै क्षमता नहुने भन्दै विभिन्न क्षेत्रका भिन्न क्षमता भएका व्यक्तिहरुलाई समान अवसर र अधिकार दिन सके लोकतन्त्रको सौदय रहने बताउनु भयो । संबैधानिक अधिकार र कानुनहरु बने पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा अपांगता भएका समुदायले राहत महसुस गर्न नसकेको बताउँदै जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ भट्टले समानुभूति हुने गरी अपांगता भएका व्यक्तिलाई नै कार्यक्रमको प्रमुख अतिथि बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका अतिथी एवं महानगरीय प्रहरी उपरिक्षक सविन प्रधानले महानगरीय प्रहरी परिसर भक्तपुर अपांग मैत्री बनि सकेको उल्लेख गर्दै अपांगता भएका व्यक्तिहरुको सहजताको लागि विशेष स्वास्थ्य उपचार दिन चाहेको बताउनु हुँदै फरक क्षेमता नै सवल समुदाय भएको बताउनु भयो ।


कार्यक्रमका सभापति एवं रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोज थापाले अपांगता भएका व्यक्ति विपतिहरुमा बढी जोखिममा पर्ने भएकाले तिनीहरुको उठानशिलतालाई प्राथमिकताका साथ तालिम परामर्श र जीविकोपार्जन तथा सचेतिकरणका कार्यक्रम आयोजना गरिरहेको बताउनु भयो । उठानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिहरुको मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा ३०। ३० जनाको लक्षित समूह बनाएर आफ्नो लागि मात्र नभई समाजकै लागि पनि योगदान दिन सक्ने गरी प्रशिक्षित भई भूमिका खेलि रहेको बताउनु भयो ।

रेडक्रसका मन्त्रि पशुराम पाण्डेले उठानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमले लक्षित वर्गको जीवनशैलीमा परिवर्तन आएको उल्लेख गर्दै कार्यक्रमको महत्वमाथि प्रकास पार्नु भयो भने रेडक्रस सोसाईटी प्रदेश नम्वर ३का उपाध्यक्ष कृष्णेश्वरी हाडाले सन् १९९३ साल देखि भक्तपुरमा अपांगता भएका व्यक्तिहरुको सेवा र सहजताका लागि विभिन्न अभियानहरु सञ्चालन गरी रहेको बताउँदै अपांगता भएका व्यक्तिहरुको क्षमता अनुसार अवसर दिएर उठानशिल बनाउन सकिने बताउनु भयो भने समानताका लागि आवाजका अध्यक्ष रामप्रसाद मानन्धर र महासचिव मुना मुलेपतिले पनि सो अवसरमा अपांगता भएका व्यक्तिहरुलाई पहुँचयुक्त बनाउन अपांग मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
उठानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमका जिल्ला संयोजक निलम ढुगानाले सहजिकरण गरेको सो कार्यक्रममा भक्तपुर नगर पालिका र मध्यपुर थिमी नगरपालिकाका ८५ भन्दा बढी अपांगता भएका समुदायको सहभागिता रहेको प्रशिक्षक तेजिना सुवेडीले जनसञ्चार खवरलाई बताउनु भयो ।