तेह्रौँ सागमा १५ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमा

विक्रम गिरी र मुना कार्की

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ । श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात÷सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो ।

काठमाडौँ, १६ मङसिर
नेपालको पहिलो स्वर्ण पदक
काठमाडौँको दशरथ रङगशालामा सोमबार आयोजित १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा विजयी पछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन्न ।
तस्वीर ः रोशन सापकोटा÷रासस

पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्पm सात स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्पm १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो । यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।

चिप्लेढुङगा, १६ मङसिर । पोखरामा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत सोमबार भएको ट्रायथलन अन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङ । सोनीले निर्धारित दूरी एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेर स्वर्ण पदक जित्न सफल भएको छ । तस्वीर ः जमुना वर्षा शर्मा÷रासस
काठमाडौँ, १६ मङ्सिर ः ललितपुरको सातदोबाटो मा सोमबार १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कमल श्रेष्ठ ले तेक्वान्दो पुम्से विधाको २४–२९ वर्ष विधामा स्वर्ण पदक जितेपछि खुसी हुँदै नेपालको झन्डा फराउँदै । तस्वीर रोशन सापक
काठमाडौँ, १६ मङ्सिर ः निर्मला तामाङ , सङ्गीता मगर , सरू कार्की सोमबार तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) कराँते महिला टिम काँतामा स्वर्ण पद हासिल गरेपछि नेपालको झन्डा फहराउँदै । तस्वीर ः रोशन सापकोटा÷रासस

 

सागको पदक तालिका देश   स्वर्ण     रजत     कास्य   जम्मा

नेपाल                  १५         ३        ६         २४

भारत                    ३         ८        ३         १४

श्रीलङ्का                 ३         ६       १०        १९

पाकिस्तान              २          ३        ५         १०

बङ्गलादेश              १          ०      १२         १३

भुटान                    ०          ०       १           १

माल्दिभ्स              ०           ०       ०           ०

स्वर्णपदक जितेपछि लिम्बू
काठमाडौँ, १६ मङ्सिर ः
काठमाडौँ, १६ मङ्सिर ः ललितपुरको सातदोबाटोमा सोमबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो पुम्से विधाको १७-२३ वर्ष विधामा स्वर्ण पदक जितेपछि सिना मादेन लिम्बू । तस्वीर रोशन सापकोटा÷रास