उपनिर्वाचन: भक्तपुरको अन्तिम नतिजा सार्वजनिक, भडेल विजयी

भक्तपुर, मंंसिर १५ गते । भक्तपुर निर्वाचन क्षेत्र नम्वर १ कको उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल वियजी भएको घोषणा गरेको छ । १३,४४९ मतका साथ भडेल विजयी भएको निर्वाचन कार्यालय भक्तपुरले अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । नेकपाका देवीप्रसाद ढकालले ११,२०६ मत प्राप्त गरी दोस्रो स्थानमा रहयो भने नेमकिपाले ५,८२९ मतका साथ तेस्रो स्थानमा रहेको छ । कूल ४५०१५ मतदाता रहेको यस क्षेत्रमा शनिवार भएको मतदानमा ३२०३७ मत अर्थात ७१.१७ प्रतिशत मत खसेको थियो । भक्तपुर निर्वाचन क्षेत्र १ क मा चाँगु नारायण नगरपालिका वडा नम्वर १ देखि ९सम्म र भक्तपुर नगरपालिकाको वडा नम्वर १० रहेको छ । २२४३ मत अन्तरले भडेल विजयी भएको हो ।