भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२०७८ साल असार ९ गते, बुधबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।
सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्नुहुँदै काम गर्दा भएका कमी कमजोरीहरुलाई सच्याई ५ वर्षे कार्यकालको अन्तिम वर्षलाई अझ जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुहुँदै नगर प्रमुख प्रजापतिले सभाबाट आएका सुझावहरु सकारात्मक रहेको र धेरैजसो सुझावहरु वडा बजेट, समितिगत बजेटमा समेटिने तथा केही ठूला योजनाहरु आ.व. २०७८÷७९ को बजेटमा समेटिने स्पष्ट पार्नुभयो  ।
वर्तमान राजनीतिक घटनाक्रमबारे बताउनुहुँदै उहाँले सरकार कमजोर भएको अवस्थामा देशमा अराजकता र अस्थिरता बढ्ने सम्भावना भएको बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफलमा सभासद्हरु पूर्णगोपाल राजचलले पराम्परागत धानको बीउको सट्टा प्रयोगमा रहेको चाइनिज धानको गुणस्तर परीक्षण गर्नुपर्ने, सभासद् हरिरत्न गोर्खालीले भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणा गर्नुपर्ने र सभासद् जितेन्द्र मुनंकर्मीले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै सभासद् रन्जना त्वातीले नगरको विभिन्न स्थानमा खानेपानीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो भने हेरा ख्याजुले भनपामा भेटेरेनरी र कृषि शाखा स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।
सभासद् शिवप्रसाद बालाले ख्वप अस्पतालमा अपरेसन थ्रेटरको व्यवस्था गरिनुपर्ने रसभासद् श्यामसुन्दर मातांले नगरकोट सडक अन्तर्गत हाकुफोहीटीको पश्चिममा सडक बत्ती नबलेको हुँदा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का सभासद् सिद्धिराम अवालले एक विद्यालय एक साँस्कृतिक एक साँस्कृतिक केन्द्र सरसफाई कार्यक्रम सञ्चालन गर्नुपर्ने राय व्यक्त गर्नुभयो । सभासद् राजेन्द्र माकले व्यवसायिक कृषकहरु पहिचान गरी कृषिमा सहुलियत दरमा ऋण वितरण गर्नुपर्ने, सभासद् बलराम न्हिसुतुले भनपाद्वारा सञ्चालित खेलकुद प्रशिक्षणलाई कायम गर्दै नया“ नया“ खेलकुदको प्रशिक्षण दिनुपर्नेमा आप्mनो धारणा राख्नुभयो ।
सभासद् सुर्यप्रसाद श्रेष्ठले ईशानेश्वर मन्दिर पुनःनिर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, सभासद् इन्द्रबहादुर प्याथले सरकारलाई ख्वप विश्वविद्यालय स्थापनाको लागि दबाब दिनुपर्ने र नगरभित्र सुलभ पसलको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो भने सभासद् गोविन्द दुवालले नगरपालिकाले कृषि विज्ञहरु तयार गर्नुपर्नेलगायतका सुझाव राख्नुभयो ।
नगरसभाको अर्को बैठक असार १० गते बिहीबार दिनको २ः३० बजे गते बस्ने गरी बैठक स्थगित भयो भने सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।