काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप ।
काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसपटक निर्माण सामग्री ओसार , पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी पनि भएको छ । काठमाडौं उपत्यकामा सवारी साधन मर्मत सम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।











