अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न साेमबार थप रु. ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त
२०७८ जेठ १७ गते, साेमबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसै क्रममा आजमात्र आर्थिक रु. ७३ लाख ७० हजार २ सय ५४ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १७ गतेसम्ममा आर्थिक रु. ३ करोड २० लाख ८२ हजार २l४४ जम्मा भएको छ ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।













