भनपा प्रमुखद्वारा सिपमुलक तालिमको निरिक्षण

भनपा प्रमुखद्वारा सिपमुलक तालिमको निरिक्षण
भक्तपुर, जेष्ठ १२ गते
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको टोलीले आधारभूत छालाको जुत्ता, ब्याग, झोला तथा मखमलीको जुत्ता र बेकरी बनाउने तालिमको निरिक्षण गरेका छन् । तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारिक र व्यवसायिक रुपमा प्रयोग गर्न प्रेरित गर्दै नगर प्रमुख प्रजापतिले छोटो समयमै व्यवसायिकस्तरको सामाग्री उत्पादन गरेको देखेपछि यस्तो तालिमलाई थप व्यवस्थित पार्न निर्देशन दिनु भयो । निरिक्षणमा भनपा २का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजू, कर अधिकृत प्रभाष चालिसेका साथै जनप्रतिनिधीहरु र कर्माचारीको सहभागिता थियो ।


सहभागि प्रशिक्षार्थीहरुले तालिम आफूहरुकालागि निकै प्रभावकारी भएको बताएका थिए । हरेक तालिममा १०।१० जना प्रशिक्षार्थीहरुले तालिम लिइरहेको प्रशिक्षक भवानी कैचीले बताएकी छिन् । जेष्ठ ७ गतेदेखि सुरु भएको तालिम जेष्ठ १४ गतेसम्ममा सम्पन्न हुँदै छ । पाँचौ दिनसम्मको तालिमबाट पनि दर्जनौं सामग्री उत्पादन गर्न सक्षम भएपछि सोको बजार प्रवद्धनकालागि जनप्रतिनिधीहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिदै भनपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजूले उत्पादित सामग्रीलाई जनप्रतिनिधीले पनि उपयोग गरी बजार प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाको गरिबी निवारणकालागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आधारभूत ब्याग, झोला बनाउने तथा स्तरोन्नति ९एड्भान्स० मखमली जुत्ता बनाउने सीप विकास तालिम दिएको थियो
सो अवसरमा नगर प्रमुख प्रजापतिको टोलीले थुसाचास्थित निर्माणाधिन पुलको आजै निरिक्षण गर्नु भयो ।