ख्वप अस्पतालको अक्सिजन प्लान्टका लागि आजसम्म रु. १ करोड ३४ लाख भन्दाबढी सहयोग, सरकारले सहयोग नगरेपछि जनतासँग सहयोग माग गरेको नगर प्रमुख सुनिल प्रजापतिको भनाइ

ख्वप अस्पतालको अक्सिजन प्लान्टका लागि आज रु. ७१ लाख ३१ हजार आर्थिक सहयोग प्राप्त
२०७८ जेठ १३ गते, बिहीबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसै क्रममा आजमात्र रु. ७१ लाख ३१ हजार ९ सय २७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १३ गतेसम्ममा रु. १ करोड ३४ लाख ६९ हजार ६ सय २५ सहयोग प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्नुहुँदै सहयोगी संघ संस्था तथा दाताहरुलाई आभार प्रकट गर्दै नगरपालिकाका केही प्रकाशनहरु प्रदान गर्नुभयो ।
भक्तपुर नपाभित्रका सहकारी संस्थाहरुबाट आज प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, दियालो बचत तथा ऋण सहकारी संस्थाबाट रु. एक लाख, संचित बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख, झीगु बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख, लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, महेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख १९ हजार ६ सय ५५ रुपैयाँ सहयोग प्राप्त भयो ।
त्यस्तै जय भिमसेन बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार रुपैयाँ, विकास बचत तथा ऋण सहकारी संस्थाबाट रु. २५ हजार रुपैयाँ, आवश्यक कृषि सहकारी संस्था लि.बाट रु. ५ हजार, सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख ११ हजार १ सय ११, श्री श्रद्धा बचत तथा ऋण सहकारी संस्था भनपाबाट रु. ५० हजार ५ सय ५५, आधुनिक कृषि सहकारी संस्थालि.बाट रु. २५ हजार६० रुपैयाँ, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख रुपैयाँ, कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट रु.२ लाख सहयोग प्राप्त भयो ।
त्यस्तै व्यक्तिगत तर्फबाट स्व. कृष्ण गोसाई÷लक्ष्मी थकु गोसाईले १२ हजार ३३ रुपैयाँ, कविन्द्र शाक्य÷सुनिला माकले रु. ३० हजार, हरिबहादुर कवांले ५० हजार ५ सय ५, श्री सिद्धि गणेश मोटर पार्टसबाट रु. १० हजार १ सय, कृष्णप्रसाद ताम्राकारबाट १ लाख, कमलश्वरी सुवालबाट रु. ५ हजार रुपैयाँ, सुबिन कवां (हाल अमेरिका) बाट रु. २० हजार, नाति कवांबाट रु. २० हजार, विश्वराम कवांबाट रु. १ लाख, मीनबहादुर ग्वाछाबाट रु. ५ हजार, प्रा.डा. श्री सिद्धिवीर कर्माचार्यबाट रु. १ लाख ४ हजार ४ सय ४४ रुपैयाँ, आशकुमार कोजुबाट रु. १ लाख, सत्यनारायण सुवालबाट रु. २५ हजार ५ सय ५५, तुल्सीकृष्ण बाटीबाट रु. ५० हजार, बाबुराजा ह्यौम्बाबाट रु. ११ हजार १ सय ११, रामबहादुर कसपालबाट रु. १० हजार, जयसुन्दर हाडाबाट रु. ५० हजार, तुल्सीमाया सुवालबाट रु. १ लाख, रामप्रसाद प्रजापतिबाट रु. १ लाख ५ हजार, हरिकृष्ण महर्जन चन्द्रागिरीबाट ५० हजार ३ रुपैयाँ, ज्ञानमान डंगोल टोखाबाट रु. १० हजार ११ रुपैयाँ, अष्ट महर्जन चन्द्रागिरीबाट रु. २५ हजार १ रुपैयाँ, अस्मिता महर्जन चन्द्रागिरीबाट रु. २५ हजार एक रुपैयाँ, आकृति त्वानाबासुबाट रु. ५ हजार ५ सय ५५ रुपैयाँ, पृथ्वीकुमार प्रजापतिबाट रु. ५० हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भयो ।
त्यस्तै विभिन्न संघ संस्थाहरुमार्फत श्री ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको तर्फबाट रु. २५ लाख, २ नं. वडा कृषक समूहबाट रु. १० हजार, बाल विकास स्कूल (शिक्षक र कर्मचारी)को तर्फबाट रु. १ लाख १ हजार १ सय ११, मेथिबारी युवा समूहबाट रु. ९ हजार ५ सय, लोकेश्वर इन्टरप्राइजेजबाट रु. ५ हजार ३ सय ३, श्री श्री श्री इन्द्रायणी माता निजी गुठीबाट रु. ५० हजार, इको प्यानल नेपाल प्रा.लि. बाट रु. १ लाख, गणेश समूहबाट ५० हजार, निवृत्त शिक्षक समाजबाट रु. १ लाख, सिद्धिगणेश खेलकुद समितिबाट रु. २० हजार १ रुपैयाँ, नवदुर्गा नास बचत समूहबाट रु. ३० हजार ३ सय ३३ रुपैयाँ, हाडा (बिजुक्छेँ) दिगु—द्यो जीर्णोद्धार समितिबाट रु. १ लाख, बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान, पुत्री सर्जनी जोशीमार्फत रु. ५० हजार, भक्तपुर लायन्स समन्वय समितिबाट रु. ३ लाख, कमलाभक्त फाउण्डेशनबाट रु. २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग प्राप्त भयो ।
भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि अनुरोध गरिएको छ ।

हामीले नेपाल सरकारसँग भेन्टिलेटर, आइसीयु र अक्सिजन प्लान्टको माग गर्यौं । पटक पटक माग गर्दा पनि हामीलाई सरकारले सहयोग गरेन । मानिस मरिसके पछि सहयोगको के अर्थ ? सरकारले सहयोग नगरेपछि स्थानीय सहकारी संस्थाहरु, शैक्षिक संस्थाहरु, व्यवसायीहरु र अन्य महानुभावहरुसँग पटक पटक बैठक गरी सहयोगको लागि आग्रह गर्यौं र आफैले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसियुको व्यवस्थाको लागि अगाडि बढ्यौं । हामीले जनताबीच भन्यौ— महामारीको बेला तपाइहरुले नगरपालिकालाई सहयोग गर्नुहास् हामी तपाइहरुलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा दिन्छौं । हाम्रो आग्रहलाई स्वीकार गर्दै अहिले जनस्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन्छौं । नगर प्रमुख सुनिल प्रजापतिको यो भनाइ सगैँ भक्तपुर नगर अस्पताललाइ रु ३ करोड र भक्तपुर नगर भित्रकै भक्तपुर अस्पताललाइ रु १२ करोड सहित देशभरका ४१ अस्पताललाइ एक अर्ब ४१ करोड रुपैयाँ दिने अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ ।