‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाहरूको भूमिका’ बारे भर्चुअल अन्तरक्रिया
भक्तपुर । २०७८ जेठ ५ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडविरुद्धको लडाइँमा सबैको एकीकृत सहकार्यको खाँचो रहेको बताउनुहुँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न सकिने बताउनुभयो ।
उहाँले स्वास्थ्य नै अहिलेको प्रमुख प्राथमिकता रहेको हुँदा आफ्नो संस्थाका सदस्यहरूको जीवन रक्षाको निम्ति सहकारीकर्मीहरूले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कोभिड रोकथाम तथा नियन्त्रणमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितहरूको संख्या बढ्न थालेसँगै अक्सिजनको सहज आपूर्तिको लागि भक्तपुर नपाले ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नेबारे छलफल अगाडि बढाइरहेको र सोको लागि सबैले आ—आफ्नो तर्फबाट आर्थिक तथा भौतिक सहयोगको लागि उहाँले आग्रह गर्नुुभयो ।
उहाँले भन्नुभयो — ‘सहकारी संस्था लेनदेनमा मात्र सीमित हुनुहुँदैन, जनतालाई मर्का परेको बेला सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको निम्ति आवश्यक सहयोग गर्नुपर्छ ।’
उहाँले सदस्यहरूको संरक्षण गर्ने कर्तव्य सहकारी संस्थाको भएको बताउनुहुँदै आ—आफ्नो क्षेत्रबाट आफ्ना संक्रमित सदस्यहरूको निम्ति आइसोलेसन केन्द्र निर्माणको पनि निम्ति आग्रह गर्नुभयो ।
उहाँले सक्षम र क्षमतावान सहकारी संस्थाले आफ्ना सदस्यहरूको निम्ति सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गरी नगरपालिकालाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा नगरबासीहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बताउनुहुँदै उहाँले संघीय सरकारसँग भेन्टिलेटर, आइसीयु र अक्सिजन प्लान्टको लागि आवश्यक सहयोगको माग गरेको तर अहिलेसम्म सहयोग प्राप्त गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रको सेवा र अवस्थाबारे जानकारी गराउनुहुँदै भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् ख्वप अस्पताल कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै भक्तपुर नपाले २०७७ वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको र यो अवधिमा ११६ जना संक्रमितहरूलाई उपचार सेवा दिइसकेकोमा ४० जना निको भएको र हाल ५२ जना उपचाररत रहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्यहरू रहेको बताउनुहुँदै नपाले निःस्वार्थ रुपले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टको लागि सहकारी संस्थाहरूले आफूले सक्दो सहयोगको लागि आह्वान गर्नुभयो । उहाँले जिल्ला बचत संघको सामुदायिक विकास कोषको रु. १ लाख रकम भक्तपुर नगरपालिकालाई सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन भनपा वडा नं. २ का वडाध्यक्ष एवम् भनपा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ—आफ्नो राय सुझाव राख्नुहुँदै कोभिड नियन्त्रण तथा रोकथाममा भक्तपुर नपाले सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रमार्फत नगरबासीहरूले आवश्यक स्वास्थ्य उपचार पाइरहनु सकारात्मक रहेको बताउनुभयो ।
साथै यस विषम परिस्थितिमा कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाको प्रयास निकै सराहनीय भएको बताउनुहुँदै उहाँहरूले भक्तपुर नपाको आइसोलेसन केन्द्र सञ्चालन र अक्सिजन प्लान्ट निर्माणको लागि सहकारी संस्थाहरू नपासँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













