‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाहरूको भूमिका’ बारे भर्चुअल अन्तरक्रिया
भक्तपुर । २०७८ जेठ ५ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडविरुद्धको लडाइँमा सबैको एकीकृत सहकार्यको खाँचो रहेको बताउनुहुँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न सकिने बताउनुभयो ।
उहाँले स्वास्थ्य नै अहिलेको प्रमुख प्राथमिकता रहेको हुँदा आफ्नो संस्थाका सदस्यहरूको जीवन रक्षाको निम्ति सहकारीकर्मीहरूले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कोभिड रोकथाम तथा नियन्त्रणमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितहरूको संख्या बढ्न थालेसँगै अक्सिजनको सहज आपूर्तिको लागि भक्तपुर नपाले ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नेबारे छलफल अगाडि बढाइरहेको र सोको लागि सबैले आ—आफ्नो तर्फबाट आर्थिक तथा भौतिक सहयोगको लागि उहाँले आग्रह गर्नुुभयो ।
उहाँले भन्नुभयो — ‘सहकारी संस्था लेनदेनमा मात्र सीमित हुनुहुँदैन, जनतालाई मर्का परेको बेला सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको निम्ति आवश्यक सहयोग गर्नुपर्छ ।’
उहाँले सदस्यहरूको संरक्षण गर्ने कर्तव्य सहकारी संस्थाको भएको बताउनुहुँदै आ—आफ्नो क्षेत्रबाट आफ्ना संक्रमित सदस्यहरूको निम्ति आइसोलेसन केन्द्र निर्माणको पनि निम्ति आग्रह गर्नुभयो ।
उहाँले सक्षम र क्षमतावान सहकारी संस्थाले आफ्ना सदस्यहरूको निम्ति सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गरी नगरपालिकालाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा नगरबासीहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बताउनुहुँदै उहाँले संघीय सरकारसँग भेन्टिलेटर, आइसीयु र अक्सिजन प्लान्टको लागि आवश्यक सहयोगको माग गरेको तर अहिलेसम्म सहयोग प्राप्त गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रको सेवा र अवस्थाबारे जानकारी गराउनुहुँदै भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् ख्वप अस्पताल कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै भक्तपुर नपाले २०७७ वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको र यो अवधिमा ११६ जना संक्रमितहरूलाई उपचार सेवा दिइसकेकोमा ४० जना निको भएको र हाल ५२ जना उपचाररत रहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्यहरू रहेको बताउनुहुँदै नपाले निःस्वार्थ रुपले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टको लागि सहकारी संस्थाहरूले आफूले सक्दो सहयोगको लागि आह्वान गर्नुभयो । उहाँले जिल्ला बचत संघको सामुदायिक विकास कोषको रु. १ लाख रकम भक्तपुर नगरपालिकालाई सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन भनपा वडा नं. २ का वडाध्यक्ष एवम् भनपा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ—आफ्नो राय सुझाव राख्नुहुँदै कोभिड नियन्त्रण तथा रोकथाममा भक्तपुर नपाले सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रमार्फत नगरबासीहरूले आवश्यक स्वास्थ्य उपचार पाइरहनु सकारात्मक रहेको बताउनुभयो ।
साथै यस विषम परिस्थितिमा कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाको प्रयास निकै सराहनीय भएको बताउनुहुँदै उहाँहरूले भक्तपुर नपाको आइसोलेसन केन्द्र सञ्चालन र अक्सिजन प्लान्ट निर्माणको लागि सहकारी संस्थाहरू नपासँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














