गुरु गणेश साकोसको अर्ध वार्षिक समीक्षा एवं भ्रमण
काभ्रेपलाञ्चोक १७, फागुण
श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समीक्षा तथा ज्येष्ठ सदस्य धार्मिक भ्रमण कार्यक्रम मूलखर्क भिमसेन मन्दिर, भुम्लु गाँउपालिकामा एक समारोहबीच सम्पन्न भयो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष एवं सभापति कृष्णराम कासिछ्वाले सुकुन्दामा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा अतिथी सल्लाहकार रामकृष्ण प्रजापतिले ज्येष्ठ सदस्य आमाबुवा सरह भएकोले उहाँहरुको सेवा नै धर्म भएकोले पौराणिक कृतिहरु र धार्मिक कथनमा नै आमाबुवा ज्येष्ठ सदस्यहरुको सेवा गरे पुण्य कमाउन सक्ने बताउदैं कुमार र गणेशको कथामा नै आमाबुवाको सेवा गरे सुमेरुकुमेरु घुमे जतिको धर्म हुने ईतिहास रहेको बताउनु भयो । उहाँले जुन समाजमा आमाबुवा शिक्षा र असल हुन्छ उक्त समाज राम्रो हुने बताउनु भयो ।

जुन समाजमा आमाबुवा शिक्षित हुन्छ उक्त समाज राम्रो हुने भएकोले आमाबुवा अभिभावक शिक्षित हुनुपर्ने साथै असल ईमान्दार बन्न आफ्ना बालबालिकालाई प्रभावित बनाउँनु पर्ने बताउनु भयो । रोवर्ट ओवेन र चाल्स फुटिएको बेलाको सहकारी मूल्य मान्यता संचालन नहुदाँ सहकारीमा बेतिथी देखिएको बताउदैं २०१० सालमा भित्रिएको सहकारी ३०,००० भन्दा बढि सहकारीमा ७५ लाखभन्दा बढि सदस्य भएको र ४ खर्बभन्दा बढि निक्षेप संकलन भएकोमा सरकारी तथ्याड्ढ नै ८२ अर्व अपचलन भएको र बाह्य रुपमा हेर्दा २ अर्व अपचलन भएको बताउनु भयो । सहकारीमा ज्येष्ठ सदस्यहरुले आफ्नो भत्ता समेत सहकारीमा बचत गर्दा त्यस्ता सहकारी भाग्दा ज्येष्ठ पीरमा परेको छ । सरकारले ल्याएको २०८१ अध्यादेशले सहकारीमा सदस्य घट्ने जसले गर्दा निक्षेप घट्दा आर्थिक समस्या हुने बताउदैं ऋण माग बढि भएर ऋणमा संकट हुने भन्दैं सहकारी आन्दोलन अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापति, न्हुछे भक्त कोजू, स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी छुजू प्रजापतिले ६ महिनाको आर्थिक प्रतिवेदन, कार्यक्रम संचालन सचिव सत्यराम ज्ञामरु, हरिकृष्ण प्रजापति, रामकृष्ण लावजू, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति र राजु बजिकोले बोल्नुभएको प्रबन्धक गौतम कुट्ुवाजूले जानकारी गर्नुभयो ।












