भक्तपुर नगरमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, पहिलो दिन ३७८८ले बुझे भत्ता

भक्तपुर नगरमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, पहिलो दिन ३७८८ले बुझे भत्ता

भक्तपुर, कर्तिक १७गते

भक्तपुर नगरमा सामाजिक सुरक्षा भट्टा लिन आउनेको माहोल बाक्लिएको छ । कोरोना भाइरस संक्रमण हुने जोखिमको बीचमा सामाजिक दुरी कायम गरी भक्तपुर नगरपालिकाले आज देखि भट्टा वितरण थालेपछि भट्टा लिन आउने लाभग्राहीको संख्या बाक्लिएका हुन । सधै दशै अगाडी वितरण गर्ने गरिएको सो भट्टा यसपालिका दशैपछि मात्रै वितरण गरे पनि भत्ता लिन आउनेको संख्या पहिलो दिनमै उल्लेख्य रुपमा सहभागि भएका हुन्् । जेष्ठ नागरिक, एकल महिला, अपाँगता भएका व्यक्तिहरुलाई एकै साथ भक्तपुर नगरपालिकाले आज देखि २१ कार्तिक सम्म सम्बन्धित वडा कार्यालयहरुबाट वितरण थालेको हो । भक्तपुर नगरमा ७ हजार १२ जना भत्ता लिन योग्य नागरवासीहरु रहेको उल्लेख गर्दै नगरपालिकाको महिला बालबालिका तथा समाज कन्याण समितिका संयोजक रोशनमैया सुवालले पहिलो दिनमै ३७८८ जनालाई भत्ता वितरण भएको जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरण बैंक मार्फत दिने भनिए पनि सबै लक्षित समूहको बैंक खाता नभएकाले वडा कार्यालयहरुबाट वितरण गरेको उहाँले बताउनु भयो । भक्तपुर नगरका लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि ७ करोड ३० लाख ८४ हजार ८१ रुपियाँ निकासा भएको उहाँले बताउनु भयो ।

२०७७।७८को सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक किस्ता तथा साठी वर्ष उमेर पूरा भएका विधवा र अति अशक्त अपांगता (ख वर्गको अपांगता परिचयपत्र) भएका लाभग्राहीहरुलाई सो भत्ता वितरण गरेको हो । भत्ता वितरणका लागि रकम नगरपालिकामा ढिला गरी मात्रै आएकाले दशै पछि मात्रै विवतरण थालेको नगरपालिकाले जनाएको छ । सामाजिक दुरी कायम गरी लाभग्राही समुदायलाई सम्बन्धित वडा कार्यालयको अफिस समयमा पुगेर भत्ता लिन आग्रह गरेको छ । अशक्त, अपांगता भएकाहरुको लागि भने तिनीहरुको घर घरमै पुगेर भत्ता वितरण गरिने संयोजक सुवालले बताए ।

जेष्ठ नागारिकहरुका लागि यस वर्ष आदर निकेटन बनाउने योजना रहेको बताउँदै उहाँले कोभिड १९का कारण योजनाहरु सुरु हुन नसकेको जनाएका छन् । बालबालिकाहरुलागि नगरभर ६ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरि रहेकोे भक्तपुर नगरपालिकाले यस वर्ष चुनावी घोषणा पत्र अनुसार आदर निकेटन बनाउने तयारीमा रहेको बताए । आदर निकेटनमा जेष्ठ नागरिकलाई आत्मबल बढ्ने, ज्ञानसिप बाढ्ने वा नयाँ पुस्तालाई हस्तान्तरण लगायत जेष्ठ नागरिकको सहज जीवनयापनका लागि वातावरण बनाइ दिने योजना रहेको बताए । जेष्ठ नागरिक र अपांगता भएकाहरुलागि घर दैलो नसिंग सेवा र स्वास्थ्य सेवा पनि नियमित भइरहेको भन्दै उहाँले एकल महिलाहरुका लागि सिप मुुलुक तालिमहरु आयोजना भइरहेको बताउनु भयो । संयोजक सुवालले भत्ता लिन नभ्याएका वा छुटेकाहरुलाई अर्को किस्तामा वितरण गर्ने वा अशक्त भएकाहरुको लागि घरसम्मै पुगेर वितरण गर्ने बताएकी छिन् भने कतिपय लाभग्राहीहरुको मञ्जुरी नामा भएकाहरुलाई परिवारका सदस्यहरुबाट पनि वितरण भइरहेको बताए । भत्ताको दुरुपयोग नहुने गरी एवं कोरोनाको जोखिम नहुने गरी जनप्रतिनिधी र स्वयंसेवकहरु परिचालन गरी वडा वडाबाट भत्ता वितरणको ब्यवस्था गरिएको पनि संयोजक सुवालले बताए ।