भक्तपुर, बैशाख ९ गते
देशमा राजनैतिक परिवर्तनकालागि महत्वपूर्ण भूमिका खेल्ने ऐतिहासिक एवं सांस्कृतिक जिल्ला भक्तपुरका सांसद प्रेम सुवालले सधै उठाउने गरेको ख्वप विश्वविद्यालयको विद्ययेक सहित जिल्लाका समस्याहरु सम्बोधन गर्न आफू प्रतिवध रहेको उल्लेख गर्दै प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाईटी झौखेल शाखाको नवर्निमित भवनको आज उद्घटन गर्नु भयो । ५५ लाख भन्दा बढी रकम सबैको सहयोग जुताएर पारदर्शीरुपमा रेडक्रस भवन बनाउन सफल भएको, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई ३२ रोपनी जग्गा दिएको, बीर अस्पताललाई ठूलो जग्गा प्रदान गरेका उदाहरणबाट यहाँका जनता सामाजिक सेवाका लागि, राष्ट्रको हितको लागि, मानवहरुको सुविधाको लागि योगदान दिन तयार रहेको प्रष्ट पार्नु भयो ।

कार्यक्रमका विशेष अतिथी नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले झौखेल क्षेत्रमा पनि खानेपानीको समस्या रहेको उल्लेख गर्दै विश्वसम्पदा स्थल चाँगुनारायण मन्दिरको ढिस्को नै जोखिममा पर्ने गरी बालुवा झिक्ने काम रोक्नुपर्नेमा जोड दिनु भयो । सम्पदा क्षेत्रमा सुरुमा बालुवा निकाल्ने काम भयो । त्यसपछि माटो निकाल्ने काम भयो । अहिले ढिस्को निकाल्ने कार्य भइरहेको छ, सम्पदा जोगाउन व्यक्तिको सम्पति पनि आफू खुसी चलाउन नपाउने कुरामा सांसद सुवालले सचेत पार्नु भयो । हावा नचलि पात हलिन्न भन्दै सांसद सुवालले रेडक्रस सोसाईटी जस्तो अन्तर्राष्ट्रिय मानवीय छवि भएको संस्थालाई भ्रष्टाचारको डलडलमा फस्न नहुनेमा जोड दिनु भयो ।
रेडक्रस सोसाईटी झौखेल शाखाका सभापति राजकुमार थापाको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका निर्देशक उमेशप्रसाद ढकाल, भक्तपुरका सभापति मनोज थापा, जिसस भक्रपुरका पूर्व प्रमुख नवराज ज्ञलाल, झौखेल ३ का वडाध्यक्ष श्याम सुन्दर थापा, भवन निर्माण समितिका संयोजक शिवराम सुलु, र संस्थापक सभापति रामेश्वार थापाले शुभकामना मन्तव्यक्त व्यक्त गरेका थिए । सो अवसरमा भवन निर्माण गर्न सहयोग गर्ने महानुभावहरुलाई प्रमुख अतिथी सभामुख घिमिरे र सांसद सुवालले कदर पत्र प्रदान गरेका थिए ।














