भक्तपुरका १४३ जना सहित आज ३ हजार १६७ संक्रमित,१८०० कोरोना मुक्त

भक्तपुरका १४३ जना सहित आज ३ हजार १६७ संक्रमित,१८०० कोरोना मुक्त
भक्तपुर, कार्तिक १ गते

भक्तपुरका १४३ जना सहित देशभर आज ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका १७४६ सहित देशभर ३ हजार १६७ जना कोरोना संक्रमित आज थपिएसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ हजार १६७ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएका हो ।
हाल ३८ हजार ७३७ जना सक्रिय कोरोना संक्रमित पुगेको उल्लेख गर्दै डा. गौतमले पछिल्लो २४ घण्टामा १ हजार ८ सय कोरोना संक्रमित निको भएर घर र्फेको पनि जनाएको छ । कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ । उपत्यकामा आज थपिएका संक्रमित १ हजार ७ सय ४६ जना मध्ये काठमाण्डौ जिल्लाका मात्रै १ हजार ४५१ जना छन् भने ललितपुरका १५२ र भक्तपुर १४३ जना छन् । हाल क्वारेन्टिनमा ४ हजार ७१५ जना छन् ।