होम आइसोलेसनमा रहेका भक्तपुरका एक संक्रमितको मृत्यु

होम आइसोलेसनमा रहेका भक्तपुरका एक संक्रमितको मृत्यु
भक्तपुर, कार्तिक १ गते
होम आइसोलेसनमा रहेका भक्तपुरका एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर ७ स्थित इनाचोका ६९ वर्षीय ती पुरुषको मृत्यु भएको हो । मृतक पुरुषको आज नेपाली सेनाको कोराना सव व्यवस्थापन टिमले ब्यवस्थापन गरेको छ । दम र निमोनियाका बिरामी समेत रहेका ती पुरुषको बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमै रहेका ती पुरुषका आज मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा योसँगै १२ जना संक्रमितको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।