हाकुफोहितिदेखि सल्लाघारीसम्म मासु पसलमा अनुगमन
भक्तपुर, कार्तिक १ गते । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा हाकुफोहितिदेखि सल्लाघारीसम्मको मासु पसल तथा बधस्थलहरु सात वटामा बजार अनुगमन गरियो ।
दशैंलाई लक्षित गरी अनुगमन गरिएकोमा धेरै पसलहरुमा मासुको मुल्य फरक फरक देखिएकोले उपभोक्ता ठगी भएको र बासी कुहेको मासु जफत गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अुनगमनमा इन्द्रायणी मिटस सपमा पसल दर्ता प्रमाण पत्र नदेखाएकोले दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने निजको पसलमा विग्रेको मासु ६ केजि ५०० ग्राम जफत गरी नष्ट गरियो । साथै ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न निर्देशन दियो ।
त्यस्तै राम सुन्दर धुख्वाको मासु पसल तीन दिन भित्र दर्ता गर्ने, व्यवस्थित गरी भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न निर्देशन दियो ।
त्यस्तै एभरेष्ट चिकेन पसलमा दर्ता प्रमाण पत्र नदेखाएकोले दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र पसल राखको स्थानको भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न निर्देशन दियो ।
त्यस्तै शायना मिट सपमा दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न निर्देशन दियो ।
त्यस्तै न्यू दि मनकामना मिट हाउसमा ढक तराजु नापतौल विभागमा नविकरण गर्न, फ्रिज सफा राख्न निर्देशन दियो ।
त्यस्तै च्वङा गणश मिट सप विग्रेको हडी मासु ३ केजि जफत गरी नष्ट गरियो भने दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र पसल राखको स्थानको भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न निर्देशन दियो ।
त्यस्तै बाराही मासु पसल दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र ढक तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
अनुगमनमा भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका पृथ्वी भक्त प्रजापति, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक श्रीयंका बस्नेत, स्वास्थ्य कार्यालय भक्तपुर दिल बहादुर बस्नेत, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना र राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी सहभागी थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













