भक्तपुरका ६७ जना सहित देशभर २,१२० थप संक्रमित २,०४४ जना कोरोना मुक्त
काठमाण्डौ, असोज १७ गते
भक्तपुरका६७ जना सहित काठमाण्डौ उपत्यकामा शनिबार १ हजार १७७ जना थप कोरोना संक्रमण पुष्टि भएका छन् भने पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसञ्चार मन्त्राालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार १७८ जनाको पीसीआर परिक्षणमा २ हजार १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमणबाट मुक्त भएको उल्लेख गर्दै प्रवक्ता डा. गौतमले कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
अहिले २१ हजार ३०२ जना सक्रिय कोरोना संक्रमित रहेको प्रवक्ता डा. गौतमले जनाएको छ । संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
काठमाण्डौ उपत्यकामा आज भक्तपुरका ६७ जना सहित १ हजार १७७ जना संक्रमित थपिएका छन् । काठमाण्डौ जिल्लामा मात्रै १ हजार १ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १०९ जना र भक्तपुरका ६७ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














