स्वतन्त्र पत्रकार संघ भक्तपुरको साधारणसभा सम्पन्न
भक्तपुर, असोज १७
स्वतन्त्र पत्रकार संघ भक्तपुरको पहिलो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ता पत्रकारहरुले स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् । साधारणसभाका वक्ताहरुले पत्रकारिता सिद्धान्तमा मात्रै नभई व्यवहारमै स्वतन्त्र हुनुपर्नेे खाँंचो औंल्याए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सिद्धान्तत पत्रकारिता स्वतन्त्र भनिए पनि अहिले पनि व्यवहारमा त्यस्तो हुन नसकेको चर्चा गरे । स्वतन्त्र भन्ने मिडियाहरु पनि स्वतन्त्र हुन नसकेको भन्दै उनले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गरे । उनले स्वतन्त्र व्यक्तिबाट मात्रै स्वतन्त्र पत्रकारिता हुनसक्ने भएको पनि बताए ।
कार्यक्रमममा उनले स्वतन्त्र पत्रकार संघ नेपाल महासंघमा परिणत हुने क्रममा रहेको बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ काठमाडौंका सचिव प्रताप रानामगर, ललितपुरका अध्यक्ष वद्री दुलाल, भक्तपुरका अध्यक्ष डा इन्दुल केसी, सचिव रेणु त्वानाबासु, कोषाध्यक्ष कृष्णराम प्रजापति, जिल्ला सदस्य सीतालक्ष्मी प्रजापति, केन्द्रिय पार्षद् कृष्ण किसीलगायतले स्वतन्त्र पत्रकारितामा विशेष जोड दिएका थिए । त्यस्तै सहृदयता समाजका अध्यक्ष बलराम प्रजापति, एवीसीडी खवर डटकम अनलाइनका प्राविधिक इन्जिनियर राजन कुसीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













