भक्तपुरका थप ३६ सक्रमित, १४ को मृत्यु, १,३५४ भए निको

भक्तपुरका थप ३६ सक्रमित, १४ को मृत्यु, १,३५४ भए निको
काठमाण्डौ, भाद्र २० गते
शुक्रबार एक्कै दिन देशभर १ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि हुँदा भक्तपुरका ३६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौ उपत्यकामा थप ४५४ जना संक्रमित भएका छन् । उपत्यकामा संक्रमित हुनेहरुमा काठमाण्डौ जिल्लाका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना गरी ४५४ जना थप संक्रमित भएको जनाएका हुन । भक्तपुरका संक्रमितमध्ये मध्यपुर थिमि नपाका ११ पुरुष र ७ महिला, भक्तपुर नपाका ३ पुरुष र ७ महिला, सुर्यबिनायक नपाका ३ पुरुष र चाँगु  नारायण नपाका २ पुरुष रहेको छन् | यसै गरी काठमाण्डौका ३ महिला कोरोना उपचारकोक्रममा मृत्यु भएको पनि जनाएको छ ।
गत २४ घण्टाको अवधिमा काठमाण्डौका ३ जना सहित देशभर १४ जना संक्रमितहरुको मृत्यु भएको पनि मन्त्रालयले जनाएको हो । ४ महिला सहित देशभर शुक्रबार १४ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ । शुक्रबार साँझसम्म मुत्युु पुष्टि भएका संक्रमितहरु काठमाण्डौंका ८२,६७ र २२ वर्षीया महिला सहित चितवनका ३५ वर्षीय मलिा, सप्तरीका ५५ र ५५ वर्षीय पुरुष, धुनषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुष रहेका छन् ।
देशभर ४६४ महिला सहित १ हजार ३ ५९ जना संक्रमित हुँदा १ हजार ३ सय ५४ जना कोरोना संक्रमितहरु निको भएको पनि जनाएको छ । संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगे पनि २५ हजार ५६१ जना निको भइसकेकाले अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ जना मात्र रहेको पनि प्रवक्ता डा. गौतमले बताएका छन् । अहिले सरकारी आइसोेसनमा १० हजार ९४२ र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन । विदेशबाट आएका ६ हजार ५६१ जना क्वारेन्टिनहरुमा रहेका छन् ।