भक्तपुरका थप ३६ सक्रमित, १४ को मृत्यु, १,३५४ भए निको
काठमाण्डौ, भाद्र २० गते
शुक्रबार एक्कै दिन देशभर १ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि हुँदा भक्तपुरका ३६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौ उपत्यकामा थप ४५४ जना संक्रमित भएका छन् । उपत्यकामा संक्रमित हुनेहरुमा काठमाण्डौ जिल्लाका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना गरी ४५४ जना थप संक्रमित भएको जनाएका हुन । भक्तपुरका संक्रमितमध्ये मध्यपुर थिमि नपाका ११ पुरुष र ७ महिला, भक्तपुर नपाका ३ पुरुष र ७ महिला, सुर्यबिनायक नपाका ३ पुरुष र चाँगु नारायण नपाका २ पुरुष रहेको छन् | यसै गरी काठमाण्डौका ३ महिला कोरोना उपचारकोक्रममा मृत्यु भएको पनि जनाएको छ ।
गत २४ घण्टाको अवधिमा काठमाण्डौका ३ जना सहित देशभर १४ जना संक्रमितहरुको मृत्यु भएको पनि मन्त्रालयले जनाएको हो । ४ महिला सहित देशभर शुक्रबार १४ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ । शुक्रबार साँझसम्म मुत्युु पुष्टि भएका संक्रमितहरु काठमाण्डौंका ८२,६७ र २२ वर्षीया महिला सहित चितवनका ३५ वर्षीय मलिा, सप्तरीका ५५ र ५५ वर्षीय पुरुष, धुनषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुष रहेका छन् ।
देशभर ४६४ महिला सहित १ हजार ३ ५९ जना संक्रमित हुँदा १ हजार ३ सय ५४ जना कोरोना संक्रमितहरु निको भएको पनि जनाएको छ । संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगे पनि २५ हजार ५६१ जना निको भइसकेकाले अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ जना मात्र रहेको पनि प्रवक्ता डा. गौतमले बताएका छन् । अहिले सरकारी आइसोेसनमा १० हजार ९४२ र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन । विदेशबाट आएका ६ हजार ५६१ जना क्वारेन्टिनहरुमा रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













