
मध्यपुरका १को मृत्यु, जिल्लामा थप १४ जना संक्रमित
भक्तपुर, भाद्र १७ गते
भक्तपुर जिल्लामा आज १४ जनामा संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा आज ९ जना मात्र संक्रमित भएको जनाएको भए पनि भक्तपुर नगरपालिकामा २ महिला २ पुरुष गरी ४ जना, मध्यपुर थिमी नगरलिकामा १ महिला ४ पुरुष गरी ५ जना, सूर्यविनायक नगरपालिकामा १ महिला १ पुरुष गरी २ जना र चाँगुनारायण नगरपालिकामा २ महिला र सम्पर्क हुन नसकेका १ जना गरी ६ महिला र ८ पुरुष गरी १४ जना संक्रमित भएको बताएको छ ।
आज संक्रमित भक्तपुर नगरका चारै जना घरमै रहेका छन् भने मध्यपुर थिमी नपाका २ जना अस्पताल र ३ जना घरमै रहेका छन् । सूर्यविनायक नगरका १ जना अस्पतालमा र १ जना घरमा छन् यसै गरी चाँगुनारायण नगरका आज संक्रमित २ जना पनि घरमै रहेका छन् ।
हालसम्म भक्तपुर जिल्लामा संक्रमितको संख्या २३३ महिला र ३४० पुरुष सहित ५७३ जना पुगेको छ भने निको हुनेको संख्या ४५ महिला र ६७ पुरुष सहित ११२ पुगेको छ । आज मध्यपुर थिमीका १ युवकको मृत्यु भएपछि जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना संक्रमित भक्तपुरका ४ महिला र ५ पुरुषको मृत्यु भएका हुन । हाल सक्रिय संक्रमितको संख्या ४५३ जना रहेका छन् । १८४ महिला र २६८ पुरुषहरु सक्रिय संक्रमितको सूचीमा छन् । त्यस मध्ये ७४ महिला र १३५ पुरुष गरी २०९ अस्पतालको आइसोलेशनमा रहेका छन् भने ११० महिला र १३३ पुरुष गरी २४४ होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जनाएको छ ।












