एक्कै दिन १,११२ संक्रमणमुक्त, १,१२० नयाँ संक्रमित

एक्कै दिन १,११२ संक्रमणमुक्त, १,१२० नयाँ संक्रमित
भक्तपुर, भाद्र १७ गते
कोरोना संक्रमणबाट बुधबार एक्कै दिन १ हजार ११२ निको
भएका छन् । यो नै अहिलेसम्म एक्कैपटक बढी निको हुनेको संख्या रहेको छ । विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका संक्रमितहरुको अवस्था बारे नियमित अपडेट नभएकाले पनि निको हुनेको संख्या कम र संक्रमित हुनेको संख्या बढी देखिएको कतिपय विश्लेषकहरुको भनाई छ ।
गत २४ घण्टाको अवधिमा भक्तपुरका ९ जना सहित काठमाण्डौ उपत्यमाका ३८८ जना नयाँ संक्रमित भएको स्वास्थ्य तथा जनसञ्चार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । प्रवक्ता डा. गौतमका अनुसार बुधबार एक्कै दिन १ हजार १२० जना संक्रमित थपिएको जनाएको हो ।
थपिएका संक्रमितहरुमा काठमाण्डौका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जना रहेका हुन । देशभर बुधबार संक्रमित रहेका १हजार १२० सहित अहिलेसम्म संक्रमितहरुको संख्या ४१ ह्जार ६४९पुगेको छ । संक्रमति मध्ये २३ हजार २९० निको भएपछि हाल हाल १८ हजार १०८ सक्रिय संक्रमित उपचारमा छन् । विदेशबाट आएका ६ हजार ७६६ क्वारेन्टिनमा छन् ।