भक्तपुरमा संक्रमित ५ सय पुग्दै, ७७ भए निको, ८ को मृत्यु

भक्तपुरमा संक्रमित ५ सय पुग्दै, ७७ भए निको, ८ को मृत्यु
भक्तपुर, भाद्र १५ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४९२ पुगेको छ । आईतबार साँझसम्म थपिएका ४६ जना संक्रमितहरु सहित जिल्लामा संक्रमितको संख्या ४९२ पुगेको हो । संक्रमितहरु मध्ये मध्यपुर थिमी नगरपालिकाका मात्रै २०० जना छन् भने सूर्यविनायक नगरपालिकाका १२८ जना, भक्तपुर नगरपालिकाका ८२ जना र चाँगुनारायण नगरपालिकाका ७५ जना रहेका छन् भने ७ जना सम्र्पक बिहिन रहेका छन् । कोरोना परीक्षण गराउँदा भक्तपुर ठेगाना उल्लेख गरेका तर नगरपालिका नछुटेका एवं सम्पर्क बिहिन ७ जना समेत रहेको कोभिड १९ सूचना व्यवस्थापन इकाई भक्तपुरले जनाएको छ । इकाईका प्रमुख निष्ठा बल्लका अनुसार कोरोना संक्रमितहरु मध्ये हालसम्म ७७ जना निको भएका छन् भने सूर्यविनायक नगरपालिका का २ महिला, १ पुरुष, मध्यपुर थिमी नगरपालिकाका २ महिला, १ पुरुष सहित अहिलेसम्म ८ जना संक्रमितको मृत्यु भएको छ ।