घरमै आइसोलेशनमा बस्दा यस्तो समस्या किन?
भक्तपुर, भाद्र १४ गते

नेपाल टेलिकममा काम गर्ने मध्यपुर थिमिका ४४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको १५ दिन भयो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको नियमित फोनबार्ताको परामर्शले उनी आफ्नै घरको आइसोलेशनमा रहेका थिए । सुरुमा टाउको दुःख्ने लक्षण देखिए पनि अस्पतालमा बेड खालि नभएपछि डक्टरी परामर्श लिन्दै उनी घरमै रहेका थिए । १५ दिनको आराम पछि उनमा देखिएको लक्षणहरु क्रमश कम हुँदै गएको छ तर उनका ३६ वर्षीय श्रीमतीमा फेरी त्यस्तै लक्षण देखिन थालेकोे छ घरमुरी महाप्रसाद पराजुलीले बताएका छन् । पराजुलीका अनुसार सुरुमा कान्छी बुहारीमा टाउको दुख्ने लक्षण देखिएको थियो । उनले घरमै आराम गरेर निको पारिन, पूर्ण रुपले सच्चो नहुँदै उस्तै लक्षणको परीक्षण गराउँदा १५ दिन अगाडी जेठो छोरामा कोरोना पोजेटिभ पुष्टि भएको उहाँले बताए ।
अग्र समाज नेपालको अध्यक्ष भई देशभरका जेष्ठ नागरिकहरुको हक हितका लागि लागि परेका पराजुलीका संक्रमित छोराको नेपाल टेलिकमको कर्मचारीहरुसँगै निःशुल्क कोरोना परीक्षण गराएका थिए । संक्रमित भएको ९ दिनपछि मात्रै उहाँले विभिन्न सञ्चार माध्यममा बताएपछि मात्रै उहाँको घरमा प्रहरीले सिल गरेको उल्लेख गर्दै घर सिल गरेपछि खानपिनका सामग्री किन्न समेत अप्ठेरो भएको पराजुलीले बताए । संक्रमित भएको थाहा पाएपछि छरछिमेकी सहयोग गर्न तत्पर भए । तर पनि उहाँले अरुको सहयोग लिनु भएन । संक्रमित भएको १५ दिनसम्म पनि परिवारका ७ जना घरमै जे जस्तो छ त्यही खाएर स्वास्थ्य मापदण्ड मानि रहेको उहाँले बताए । सिल गरेको कहिले खुल्ने हो ? सिलको मापदण्ड के कस्तो हो? सिलमा रहेका परिवारका सदस्यको लक्षण देखिन्दा पनि कोरोना परीक्षण गर्नुपर्ने हो की होइन? संक्रमण पुष्टि भएको एक हप्तापछि परिवारको पनि परीक्षण गरिने भनि स्वास्थ्य कार्यालय भक्तपुरले भन्ने गरेको भए पनि अहिलेसम्म घरपरिवारको समन्वयमा कोही नआएको उहाँले दुःखसो पोखे । घरमै सिलमा बसेपछि केही सुविधा पाउछ की भने आस पनि थियो । कहि कतैबाट केही पनि भएन उहाँले भन्नु भयो । कम्सेकम सुरक्षित तवरबाट ताजा फलफूल र तरकारी किने ब्यवस्था गरिदिएको भए नि हुन्थ्यो नी उहाँले भन्नु भयो ।
घरमा जे छ, त्यहीे पकाएर उच्च मनोबलका साथ परिवारका सातैै जना विगत १५ दिन देखि घरमै रहेको उहाँले बताए । संक्रमण पुष्टि भएको १५ दिन भएपछि बल्ल स्थानीय प्रहरी र स्थानीय निकायलाई पटक पटक ताकेता गरी प्रहरी गुहारेपछि बल्ल आइतबार कोरोना परीक्षण गराउन स्थानीय तह तयार देखिएको उहाँले बताए । घरबाट अस्पतालसम्म निषेधाज्ञा नाघेर कोरियन अस्पतालसम्म जान पनि अप्ठेरो भएपछि फेरी प्रहरीलाई खबर गर्दा ट्याक्सी चढेर जानु बा भनेर प्रहरीले जवाफ दिनुभएको उहाँले बताए । संक्रमणको लक्षण देखिएका परिवारका सदस्य कसरी ट्याक्सी चढेर अस्पतालसम्म पुग्ने अन्योल भयो । अस्पतालसम्म सुरक्षित तवरले पुग्ने साधन पाएनौं कसरी अस्पताल पुग्ने ? समस्या भएपछि आईतबार ११ बजे अस्पताल आउन भनिए पनि परीक्षण गराउन जान नसकेको जनसञ्चार खवरलाई अध्यक्ष पराजुलीले बताउनु भयो । अध्यक्ष पराजुलीले आईतबार बिहान ७ बजे रेडियो जनसञ्चारमा आफ्नो परिवारलाई परेको समस्याका बारेमा गुनासो गर्नु भएको थियो । स्थानीय वडाध्यक्ष वा जनप्रतिनिधी वा प्रहरी सुरक्षाकर्मीसँग समन्वय गर्नुस् यो संकटको बेला उहाँहरुले नै हेर्ने हो, त्यहाँबाट केही फेरी समस्या आयो भने जिल्ला स्वास्थ्य कार्यालयलाई भन्नुस त्यसपछि पनि भएन भने सञ्चार माध्यमबाट बोलौ भने पछि अध्यक्ष पराजुलीले आइतबार विहान देखि पटक पटक समन्वय पछि संक्रमित परिवारको कोरोना परीक्षण गराउन स्थानीय तह राजी भएका हुन । यद्यपी संक्रमितका परिवार अस्पतालसम्म जाने यातायातको व्यवस्था हुन नसक्दा अझै परीक्षण गराउन सकेका छैनन् । कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा ५ करोड भन्दा बढी खर्च व्यवस्था गरेकोे मध्यपुर थिमी नगरपालिकाले यस्तो गम्भिर विषयमा किन ध्यान दिन सकिरहेको छैन? जिज्ञासा बढाएको छ ।











