कोरोना संक्रमित शब ब्यबस्थापनका लागि  ब्याग हस्तान्तरण 

कोरोना संक्रमित शब ब्यबस्थापनका लागि 

ब्याग हस्तान्तरण 

भक्तपुर, भाद्र ९ गते

कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै भक्तपुरमा शव व्यवस्थापनको पूर्वतयारी गर्न थालेको छ । कोरोना संक्रमण भएरै मान्छे विरलै मर्ने भए पनि विभिन्न रोगले संक्रमितहरुमा कोरोना संक्रमणका कारण मृत्यु बढ्न सक्ने संभावनालाई ध्यान दिएर शव ब्यवस्थापनको तयारी थालेको हो । जिल्लामा कम्तिमा पनि १०० वटा शव व्यवस्थापनका लागि श्व व्यवस्थापन ब्याग तयारी अवस्थामा राख्ने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जनाएको छ । त्यस मध्ये २० वटा शब व्यवस्थापन ब्याग सोमबार मात्रै नेपाली सेना भक्तपुरका शब ब्यवस्थापन टिमलाई हस्तान्तरण गरेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सहभागितामा जिल्ला रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापा, मन्त्री पशुराम पाण्डेले सो ब्याज हस्तान्तरण गरेको उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रम भक्तपुरका संयोजक निलम ढुंगेलले जनाएको छ ।

गत हप्ता कोरोना संक्रमणबाट भक्तपुरको सूर्यविनायक बस्ने एक महिला र एक पुरुष गरी दुई जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ । क्यान्सर, मृगौला, मुटु रोग जस्ता दीर्घ रोगले संक्रमितहरु कोरोना संक्रमणले मर्न सक्ने र यसरि मरेका शब सुर्क्षित तरिकाले ब्यबस्थापन गर्न शब ब्यवस्थापनलाई तयारी अवस्थामा राख्ने रेडक्रस भक्तपुरका मन्त्री पाण्डेले जनाएका हुन ।