देशभर ७ ०७ जना, भक्तपुरमा ८ जना संक्रमित
काठमाण्डौं, भाद्र ४ गते
बिहिबार देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिदा काठमाण्डौ उपत्यकामा २ सय जना संक्रिमत भएका छन् । सरकारले उपत्यकामा निषेधाज्ञा लागू गरेको पहिलो दिनमा काठमाण्डौका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना कोरोना संक्रमित भएका हुन । मुलुकभर ११ हजार ८३२ जनाको पीसिआर परीक्षण गर्नेक्रममा ७ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाउएका हुन । संक्रमितहरु १९२ जना महिला र ५१५ जना पुरुष रहेको पनि जनाएको छ । योसँगै देशमा संक्रमतिको संख्या २९ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारमा रहेका २६४ जना संक्रमित निको भएर घर फर्केपछि संक्रमण मुक्त हुनेहरुको संख्या १७ हजार ७६८ भएका छन् । अहिले सक्रिय संक्रमित ११ हजार ५५५ रहेका छन् भने बिहिबार साँझ सम्म कोरना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा काठमाण्डौका एक महिला समेत रहेका छन् । दुई महिलासहित ६ जना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या १२६ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार काठमाण्डौका एक महिला, मकवानपुर र सप्तरीका एक एक पुरुष र पर्साका जिल्लाका तीन जना मृत्यु भएकाहरुमा एक महिला र दुई पुरुष रहेको छ ।
देशभरका विभिन्न क्वरोन्टिनमा ११ हजार ७६८ जना रहेका छन् भने आइसोलेशनमा बस्नेको संख्या ८ हजार ८३ र हामे आइसोलेशनमा ३ हजार ७७३ जना रहेका छन् ।














