सल्लाघारीमा पनि सिल
भक्तपुर, भाद्र ४ गते
भक्तपुर नगरपालिका वडा नम्वर १ स्थित सल्लाघारीमा डेरा गरी बस्ने एकजना महिलामा कोरना पुष्टि भएपछि सिल गरेको छ । आज साँझ स्वास्थ्य मन्त्रालयले भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो । सो मध्ये सल्लाघारी बस्दै आएका एक जना महिला संक्रमित भएकाले उपचारको लागि अस्पताल पठाइएको स्थानीय वडा ध्यक्ष श्यामकृष्ण खत्रीले बताउनु भएको छ । संक्रमित व्यक्ति बाहिरी जिल्लाबाट आएर डेरा गरी बस्ने बाहेक संक्रमितको बारेमा थप जानकारी हालसम्म प्राप्त नभएकाले थप सर्तकता अपनाउन नसकिएको उल्लेख गर्दै संक्रमित बस्दै आएको वरपरका घर समेत सिल गरेको वडाध्यक्ष खत्रीले बताउनु भएको छ । सो वडामा पहिलो पटक संक्रमित देखिएको पनि उहाँले जनाउनु भयो ।














