भक्तपुरका २८० जना होल्डमा,
११५ सवारी साधन कार्वाहीमा
भक्तपुर, भाद्र ४ गते
कोरोना भाइरसको जोखिम व्यवस्थापन तथा रोक थामका लागि गरेको निषेधाज्ञा अवज्ञा गर्ने २८० जनालाई भक्तपुर प्रहरीले होल्डमा राखेको छ भने ११५ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जनाएको छ । आज दिउँसो सम्ममा जिल्लाका विभिन्न क्षेत्रबाट २३७ पुरुष र ४३ जना महिला सहित २८० जना बटुवाहरुलाई १।२ घण्टा सोही स्थानमा होल्ड गरी सचेत पारी छोडेको उहाँले जनाउनु भयोे । यसै गरी निषेधाज्ञा अवज्ञा गर्ने ११५ सवारी साधनहरुलाई पनि होल्ड गरी कार्वाही गरेको बताउनु भयो । दोस्रो पटकको निषेधाज्ञा भक्तपुरमा सामान्य रहेको उल्लेख गर्दै डिएसी गिरीले जनचेतनाकोलागि भक्तपुर प्रहरीले माइकिंग गरी सर्वाजनी सूचना जारी गररहेको जनाएको छ ।
यता कमलविनायक आवाज क्षेत्रमा हिजो एक जनामा कोरना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गरी थप सतर्कता अपनाएको भनपा १०का वडा निरिक्षक रामकृष्ण प्रजापतिले जनाएको छ । कोरना भाइरसको जोखिम व्यवस्थापनकालागि वडा वडामा आवश्यकता अनुसार स्वयंसेवकहरु पनि परिचालन भएको उहाँले जनाउनु भयो । भक्तपुरका मुख्य मुख्य सडकमा सुनसान रहे पनि भित्रि सडकहरुमा मानिसहरुको हिड्डुल रहेकाले स्थानीयस्तरमा स्वयमसेवकहरु परिचालन भएको उहाँले जनाए ।














