विद्युतीय गाडीमा रू १ करोडसम्म मूल्य अन्तर ! बागमती प्रदेश सरकार आफै झिकाउँदै
हेटौडा, असार १९ गते
कोरना भाइरस प्रतिकार्यमा बजेट अभाव हुन नदिने बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौड्ेयलले जनाएको छ । बागमती प्रदेशको शुक्रबार बसेको बिनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जावाफ दिदै प्रदेश सरकारले कोरना भाइरसको रोकथाम र उपचार गर्न गरेको व्यवस्था अपुग भएमा अन्य कुनै योजनालाई रोकेर भएपनि बजेटको व्यवस्था हुने बताएका हुन् भने प्रदेश सरकार आफैले विद्युतीय गाडीे खरिद गर्ने प्रकृया असार महिना भित्र सुरु गर्ने भएको जनाएको छ । साझा यातायतासँगको साझेदारीमा बिद्युतीय गाडी खरिद प्रकृयामा प्रति गाडी ७५ लाख देखि एक करोडसम्म फरक देखिएकाले साँझासँगको समझदारी सबै तोडेर बागमती प्रदेश सरकार आफैले विद्युतीय गाडी खरिद प्रकृयामा लागेको जनाएको हो । यस बीच आज बसेको बागमती प्रदेश सरकारको बैठकमा घन्ना बस्तीमा रहेका उद्योगहरुलाई सिन्धुलीको मारिंग र मकवानपुरको मनोहरीमा सार्न उद्यमीहरुलाई आकिर्षत गर्ने जनाएको छ ।
https://www.youtube.com/watch?v=YEYEtowhtd4
विनियोजित विद्येयक २०७७।७८ माथि उठेको प्रश्नहरुको जवाफ दिनेक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले काठमाण्डौं उपत्यकालाई सुन्दर शहर बनाउन घन्नावस्तीमा रहेका उद्योगहरुलाई स्थानात्तरण गर्ने योजना सुनाएका हुन । सिन्धुलीको मारिंग र मकवानपुरको मनोहरीमा ठूला औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजनासँगै भक्तपुर औद्योगिक क्षेत्र र ललितपुरको औद्योगिक क्षेत्रका उद्योगहरुलाई पनि सो क्षेत्रमा सार्न सकिने विचार राखेका हुन । काठमाण्डौ उपत्यकालाई सुन्दर र साँस्कृतिक शहर बनाउनकालागि घन्ना बस्तीमा रहेका उद्योगहरु सार्ने, हरियाली प्रवर्धन गर्ने कार्य भइरहेको पनि मन्त्री नेपालले जनाएका छन् । प्रदेश सरकारसँग आवश्यकता धेरै स्रोत थोरै रहेको उल्लेख गर्दै क्रमिक सुधार गर्दै जाने बताएका थिए ।
छलफलमा भाग लिन्दै प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भक्तपुरको घन्नावस्तीमा रहेको भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न आवश्यक भएको भन्दै भक्तपुरका उत्पादनहरु भादगाउँले टोपी, जुजु धौं, टाइचिनको चिउरा, हस्तकला, कृषी उत्पादनहरु देशकै पहिचान भएकाले यसको संरक्षण र प्रवर्धन हुनुपर्नेमा जोड दिएका थिए भने अर्का संसद सृजना सैंजूले कोरना भाइरसको जोखिमका बीच बागमती प्रेदशमा ५ लाखले रोजगार गुमाएको उल्लेख गर्दै यस अवधिमा के कति उद्योगहरु सञ्चालनमा छन् सो बारे जानकारी गराउन माग गरेका थिए भने सांसद नरोत्तम बैद्यले पशुपति क्षेत्रको सम्पदा संरक्षणको आवश्यकतामा जोड दिदै त्यहाँ भइरहेको अनियमितता बारे जानकारी गराएका थिए यसै गरी सांसद कृष्णलाल भडेल, मिरा शाक्य लगायतका सांसदहरुले पनि उपत्यकाको वातावरण र सांस्कृतिक संरक्षणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
आज बसेको बागमती प्रदेश संसदको बैठकमा प्रत्यक्ष र समानुपातिक सांसदहरुलाई विभेद गरेको, समाजउन्मुख संबैधानिक व्यवस्थालाई व्यवास्था गरेको, कोभिड १९ रोकथाम र उपचार एवं राहात वितरणमा ध्यान नदिएको लगायत विभिन्न विषयहरुमा मन्त्रीहरुको ध्यानाकार्षण गराउँदै विनियोजित विद्येयक २०७७।७८ र खर्च कटौटी प्रस्ताब माथि छलफल गरेका हुन ।













