भक्तपुर जेष्ठ ९ गते
योसिंखेलमा सिल गरिएको क्षेत्र फोटो खिचेको बेला त सुनसान देखिन्छ । कोरना संक्रमित भेटिएपछि नेपाल प्रहरीद्वारा सिल गरिएको योसिंखेलका ३८ घर परिवारका २०० जना तीन दिन देखि कडा लक डाउनमा रहेका छन् । काठमाण्डौ महानगरपालिकामा काम गर्ने एक जना ४१ वर्षिय पुरुष चालकमा कोरना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको तीनदिन पछि पनि स्थानीय समुदायमा भने उनलाई कोरना लागेको हो वा होइन भन्नेमा अझै अन्यौलता रहेको छ । उनमा कोरना संक्रमण भएको भए द्योला समुदायका आधि समुदायमा संक्रमण फैलिने पक्का छ,स्थानीयको भनाई छ । कोरना भाइरस संक्रमण भयो भनि प्रहरी आएर जनकलाललाई जनकमान भनि उनको घर खोज्न थालेपछि स्थानीयमा अन्यौल देखिएको स्थानीय स्वयंसेवक बाबुरत्न द्योलाले बताए । जनकलाललाई जनकमानको घर कहाँ भनेर आयो ? कोरना लागेको छ भन्यो पत्याउनै सकिएन उनले भने । नाम जे भए पनि काठमाण्डौ महानगरपालिकामा काम गर्ने व्यक्ति उनै भएपछि त्यसमा दुबिधा पाल्नु भन्दा सुरक्षित व्यवहार अपनाउन आवश्यक थान्दै तीन दिन देखि उनीहरु सिलमै रहेको उनले बताए ।
कोरना भाइरसको संक्रमण फैलिएको देश विदेशका खवरहरु सुन्दै लक डाउनमा रहेका योसिंखेलस्थित कुमारी टोलका द्योला समुदायले आफ्नै घर आँगनमा कोरना भाइरसको यतिबेला त्रास छाएको छ । ८ सयको संख्यामा रहेका द्योला समुदायका परिचित ४१ वर्षिय संक्रमित पुरुष समुदायका मिलनसार व्यक्ति भएकाले उनीमा संक्रमण पछि के कति जनासँग सम्पर्कमा पुग्यो? यस बारे विस्तृत अध्ययन नभएको भन्दै उनको कारण र उनीसँगको सम्पर्कमा पुगेकाहरुबाट द्योला परिवार मात्रै होइन भक्तपुरमा कोरनाको भयाभह हुन सक्ने आंकलन गर्न थालिएका छन् । उनमा कोरना संक्रमण भएको भए द्योला समुदायका आधि समुदायमा संक्रमण फैलिने पक्का छ । त्यसैले सिल गरिएका घर परिवारको समेत परिक्षण गर्नुपर्छ स्थानीयहरुको भनाई हो । कोरना भाइरसको संक्रमणको जोखिम उनको परिवारलाई मात्र होइन समुदायमा पनि व्याप्त रहेको स्थानीयबासीहरुको भनाई हो । यसबारे प्रहरी प्रशासनलाई पनि जानकारी दिएका छौं । अहिलेसम्म थोस कदम चालेको देखिएको छैन् । भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुले केही सरसफाई र तरकारीहरु वितरणको व्यवस्था गरियो । सरसफाईका लागि व्यवस्था गरियो । सिलमा बसेकाहरुको गुनासो सुनुवाइ अझै हुन सकेको छैन । उनीहरु बताउँछन् । लक डाउनमा बस्दा घर बाहिर आउन सकिन्छ तर सिलमा बसेपछि बाहिर आउन नि पाइएन । पसल खोलिएको पनि प्रहरीले बन्द गरायो । सिलमा परेकाहरुको अवस्था के छ त्यो पनि थाहा छैन स्थानीयहरु बताउँदै थिए । कुमारी क्लवका सदस्यहरुले आवश्यक सामग्री पुर्यादिने सेवा दिइरहेका छन्् ।
सिलमा परेका समुदायको सहजताको लागि जुति रहेक बाबुरत्न द्योला स्थानीय कुमारी क्लवका सल्लाहकार पनि हुन । बाबुरत्नको घर जोडिएका ४१ वर्षिय पुरुषमा कोरना भाइरस संक्रमण भएकाले टोलबासीकै कोरना परिक्षण गर्नुपर्नेमा उनको जोड छ । सिल गरेपछि मेडिकल टिम आउँछ भनेका थिए अहिलेसम्म आएको छैन, प्रशासनले गम्भिररुपमा लिएको छैन । त्यसैले यहाँ कोरनाको जोखिम छकि छैन थाहा भएन, त्यसकारण सिल गरिएका घर परिवारका मानिसहरु गल्लिबाटो हुँदै बाहिर हिडि रहेका छन् । दिनमा दुईतिर दुई जना र रातमा दुईतिर दुई दुई जना प्रहरी परिचालन गरिएको स्थानीयले बताए । संक्रमितको घरमा ताल्चा लगाइ दिएको छ । बाटो आउजाउ गर्न नमिल्ने गरी बासमा डोरी बाधेर सिल गरेको छ । कतिपय प्रहरीको आँखा छलि लगाइएको बार पनि नाघेर हिड्ने गरेका छन् । यसरी ह्ड्डिुल गर्दा सिल गर्नुको औचित्य पनि देखिदैन । बाबुरत्न आफै सिलभित्र बस्नुपर्ने हो । सिलमा बसेका समुदायको सहजिकरणका लागि उनी घरी घरी बाहिर घरी घरी भित्र हुन्छन् । त्यसमध्येका लक्ष्मिदेवी द्योलालाई लक डाउनमा बस्दा भन्दा सिलमा बस्दा टाउको दुखाइ भएको सुनाइन । त्यसैले उनी गल्लिबाटो हुँदै खेतवारी घुमेर आएको बताउँछिन् । के गर्नु घरमै कति दिन रहने टाउको दुखेर विरामी होला जस्तो भएपछि गल्लिको बाटो भएर बाहिर आएको उनले सुनाए । सुरक्षा समुदायको लागि हो, समुदायले पनि ध्यान दिनुपर्छ नि त? भन्ने प्रश्नमा स्थानीय समुदायले प्रहरी आएपछि आआफ्नो घर जाने हो नआएसम्म सिल गरेको ठाउँ हेरेर बस्ने हो भनेका छन् । पेशाले शिक्षक समेत रहेका बाबुरत्नलाई कोरना भाइरसको जोखिम बारे के समुदायमा जानकारी नभएको हो? सचेतनाकालागि केहि भएन र ? भनि सोध्दा उनले सचेतनामूलक गतिविधी भए पनि स्थानीय समुदायले हल्का रुपमा लिइरहेको सुनाए । अधिकास फोहर मैला वा सरसफाई क्षेत्रमा काम गर्ने समुदाय रहेकाले टोलमा त्यतिकै कोरनाको जोखिम रहेको उनको भनाई छ ।
समुदायको सेवामा लाग्दा लाग्दै जनकलाललाई कोरना लाग्यो रे उहाँ जस्तै धेरैलाई पनि संक्रमण हुन सक्छ त्यसैले सबैको कोरना परिक्षण गर्न आवश्यक छ । स्थानीयको भनाई हो । भक्तपुर नगरपालिकाले सफाइ मजदुरलाई पीपिई लगाउन अनिवार्य गरेको छ तर काठमाण्डौ नगरपालिकाले अनिवार्य गरेको देखिएन त्यसकारण पनि जनकलाललाई कोरना सरेको हुनपर्छ बाबुरत्नको विश्लेषण छ । जनकलाललाई कोरना लागेपछि सम्पूर्ण द्योला समुदाय आलोचित भएका छन् । सामाजिक सञ्जालबाट अपहेलित हुनुपरेको छ । यसकारणले पनि द्योला परिवारमा कोरनाको त्रास, भय बढेको छ । चिन्ता छाएको छ । तीन दिन भइसक्दा पनि संक्रमित परिवारको कोरना परिक्षणको नतिजा आएकोे छैन । तिनीहरुको नतिजा नेगेटिभ आए पनि हामी धुक्क हुने अवस्थामा छैनौं बाबुरत्नको भनाई छ । जनकलाल सबैसंग मिलेर हिडेका थिए । उनका परिवारको मात्रै होइन टोलबासी सबैको कोरना परीक्षण हुन आवश्यक छ बाबुरत्नले जोड दिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














