आज भक्तपुरका ९५ जना संक्रमित, १०६ वर्षीय जेष्ट नागरिकले जिते कोरोना 

आज भक्तपुरका ९५ जना संक्रमित, १०६ वर्षीय जेष्ट नागरिकले जिते कोरोना

भक्तपुुर, असोज ७ गते

भक्तपुुरका ४७ महिला र ४८ पुरुष सहित थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाण्डौ उपत्यकामा काठमाण्डौका ४९२ र ललितपुरका ५० जना सहित ६३७ जनामा थप कोरोना संक्रमण भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार एक्कै दिन देशभर १ हजार १७२ जना कोरोना संक्रमित थपिएको जनाएको छ । योसँगै संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार ८९२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केपछि कुल संक्रमण मुक्त हुनेको संख्या ४९ हजार ९५४ जना पुगेको छ । अहिले १७ हजार ४१४ जना सक्रिय संक्रमितहरु आइसोलेसन रहेर उपचार गरिरहेका छन् । क्वारेन्टिनमा हाल ७ हजार १०४ जना रहेका छन् भने कोरोना संक्रमणबाट बुधबार थप ७ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।
भारतको पुर्णिया घर भई हाल झापाको दमक नगरपालिका ९ मा बस्दै आएका १०६ वर्षका सन्त सुकदेव साहेवले भने होम आाइसोलेसनमै बसेर कोरोना जितेका छन् । भाद्र २३ गते कन्ट्याक ट्ेसिंग गर्नेक्रममा भाद्र २५ गते पोजेटिभ भएका जेष्ठ नागरिक साहेवले कोरोना जितेको हो । कोरोना पोजेटिभ भएको १४ दिन पछि पुनः कोरोना परिक्षणकोक्रममा असोज ५ गते कोरोना नेगेटिभ भएको बताएको हो । १०६ वर्ष ६ महिनाका ती वृद्धले कोरोना पोजेटिभ भए पनि कुनै ओषधी खान्नु नपरेको बताएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएर बसेको उनले बताएका छन् । कोरोना पोजेटिभ भएको बेला भने उनको शरीरका सबै भाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा हुनुका साथ सामान्य ज्वरो आएको, खाना मन नपर्ने गरेको समेत जनाएका थिए । यद्यपी अस्पतालसम्म नगइ घरमै बसेर ती वृद्धाले कोरोना निको पारेका छन् ।