भक्तपुरमा फैसला कार्यान्वयन तर्फका दुई फरार प्रतिवादी पक्राउ
भक्तपुर, २०८३ कात्तिक २७ । जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी इकाइहरूले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, प्रहरी वृत्त जगाती र मातहत समेतको टोलीले २०८३ कात्तिक २७ गते (२०८३/०७/२७) विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेकाहरू बैंकिङ कसुर र चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। पक्राउ परेका दुवै जनाबाट कुल २ दिन कैद र १ लाख ३६ हजार रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको मुद्दा विवरण:
| सि.नं. | मुद्दा शीर्षक | संख्या | कैद | जरिवाना (रु.) |
| १. | बैंकिङ कसुर | १ | २ दिन | १,३५,०००।– |
| २. | चेक अनादर | १ | – | १,०००।– |
| जम्मा | २ | २ दिन | १,३६,०००।– |
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि बिहीबार नै सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो।














