अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
भक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत माटो उत्खनन तथा जग्गा प्लटिङ गर्न खोजिएको घटनामा संलग्न जेसीबीसहित सम्बन्धित पक्षलाई प्रहरीले कारबाहीका लागि नगरपालिका पठाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–४, नयाँ खोलिया क्षेत्रमा स्वीकृत नक्सा तथा अनुमति लिएर जग्गा प्लटिङ गर्ने क्रममा अनुमति दिइएको सीमाभन्दा बाहिर गई माटो उत्खनन गरेको पाइएको थियो।
उक्त घटनामा प्रयोग भएको जेसीबीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित पक्षलाई प्रहरीले नियन्त्रणमा लिई चाँगुनारायण नगरपालिकाको कार्यालयमा पठाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नगरपालिकाले घटनामा संलग्न पक्षलाई एक लाख रुपैयाँ जरिवाना गरेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अनुमतिबिना वा स्वीकृत मापदण्डविपरीत माटो उत्खनन तथा जग्गा प्लटिङ गर्दा कानुनी कारबाही हुन सक्ने भएकाले सम्बन्धित निकायबाट अनुमति लिएर मात्र यस्ता कार्य गर्नुपर्ने देखिन्छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
2026-10-28 Comments Off on नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ भक्तपुर, ११ कात्तिक । वि.सं. २०८२ भदौ २४ गते 'Gen-Z'...
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...














