असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति
भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले जारी गरेको तथ्यांक अनुसार भदौको तुलनामा असोज महिनामा कुल मुद्दा दर्ता संख्यामा कमी आएको छ।
अपराध अनुसन्धान तथा कारबाही
भदौ महिनामा १७९ वटा मुद्दा दर्ता भएकोमा असोज महिनामा घटेर १४३ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये वित्तीय अपराध (बैंकिङ कसुर ६५ र ठगी १० गरी जम्मा ७५ वटा) को संख्या उच्च रहेको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी जबरजस्ती करणी लगायतका ११ वटा मुद्दा दर्ता भएका छन्। असोज महिनामा विभिन्न अदालतको फैसला कार्यान्वयनका क्रममा ५७ जना पक्राउ पर्नुका साथै कुल २५ लाख ५० हजार ३५५ रुपैयाँ जरिवाना तथा विगो असुल गरिएको छ।
प्रहरीले २,१५७ क्यापसुल ट्रामाडोल, १० केजी गाँजा, १.६६ ग्राम खैरो हिरोइन लगायतका लागूऔषधसहित १० जनालाई नियन्त्रणमा लिएको छ। असोज महिनामा झुण्डिएर ५ र विष सेवनबाट २ गरी कुल ७ वटा आत्महत्याका घटना दर्ता भएका छन्।
सवारी दुर्घटना र ट्राफिक व्यवस्थापन
असोज महिनामा भक्तपुरमा कुल २४ वटा सवारी दुर्घटना (४५ वटा सवारी साधन संलग्न) भएका छन्। दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। तीव्र गति, चालकको ध्यान नहुनु र मादक पदार्थ सेवन दुर्घटनाका प्रमुख कारण मानिएका छन्।
कारबाहीका क्रममा २,१६२ वटा सवारी साधनबाट ११ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला गरिएको छ। साथै, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणतर्फ ३ लाख ६१ हजार ६४० रुपैयाँ बराबरका अवैध मरिच, सुर्ती तथा गुटखा नियन्त्रणमा लिइएको छ।
विपद्मा १ करोड ३० लाखको क्षति
असोज महिनामा बाढी, पहिरो र आगलागीका २५ वटा घटनामा परी कुल १ करोड ३० लाख ७६ हजार २५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। उद्धार कार्यमा १७९ जना प्रहरी जनशक्ति परिचालन गरिएको परिसरले जनाएको छ।
जनसम्पर्क तथा सचेतना
सूर्यनारायण, भक्तपुर र मध्यपुर थिमीका विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ आयोजना गरी नागरिकका गुनासा सुनिएका छन्। ११ वटा विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै महिनाभर ४,९१८ जना सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) दीपक कुमार कार्कीले जानकारी दिनुभयो।असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति
भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले जारी गरेको तथ्यांक अनुसार भदौको तुलनामा असोज महिनामा कुल मुद्दा दर्ता संख्यामा कमी आएको छ।
अपराध अनुसन्धान तथा कारबाही
भदौ महिनामा १७९ वटा मुद्दा दर्ता भएकोमा असोज महिनामा घटेर १४३ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये वित्तीय अपराध (बैंकिङ कसुर ६५ र ठगी १० गरी जम्मा ७५ वटा) को संख्या उच्च रहेको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी जबरजस्ती करणी लगायतका ११ वटा मुद्दा दर्ता भएका छन्। असोज महिनामा विभिन्न अदालतको फैसला कार्यान्वयनका क्रममा ५७ जना पक्राउ पर्नुका साथै कुल २५ लाख ५० हजार ३५५ रुपैयाँ जरिवाना तथा विगो असुल गरिएको छ।
प्रहरीले २,१५७ क्यापसुल ट्रामाडोल, १० केजी गाँजा, १.६६ ग्राम खैरो हिरोइन लगायतका लागूऔषधसहित १० जनालाई नियन्त्रणमा लिएको छ। असोज महिनामा झुण्डिएर ५ र विष सेवनबाट २ गरी कुल ७ वटा आत्महत्याका घटना दर्ता भएका छन्।
सवारी दुर्घटना र ट्राफिक व्यवस्थापन
असोज महिनामा भक्तपुरमा कुल २४ वटा सवारी दुर्घटना (४५ वटा सवारी साधन संलग्न) भएका छन्। दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। तीव्र गति, चालकको ध्यान नहुनु र मादक पदार्थ सेवन दुर्घटनाका प्रमुख कारण मानिएका छन्।
कारबाहीका क्रममा २,१६२ वटा सवारी साधनबाट ११ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला गरिएको छ। साथै, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणतर्फ ३ लाख ६१ हजार ६४० रुपैयाँ बराबरका अवैध मरिच, सुर्ती तथा गुटखा नियन्त्रणमा लिइएको छ।
विपद्मा १ करोड ३० लाखको क्षति
असोज महिनामा बाढी, पहिरो र आगलागीका २५ वटा घटनामा परी कुल १ करोड ३० लाख ७६ हजार २५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। उद्धार कार्यमा १७९ जना प्रहरी जनशक्ति परिचालन गरिएको परिसरले जनाएको छ।
जनसम्पर्क तथा सचेतना
सूर्यनारायण, भक्तपुर र मध्यपुर थिमीका विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ आयोजना गरी नागरिकका गुनासा सुनिएका छन्। ११ वटा विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै महिनाभर ४,९१८ जना सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) दीपक कुमार कार्कीले जानकारी दिनुभयो।













